एउटै परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ

समताखबर
  २३ चैत्र २०७९, बिहीबार ११:०८

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नं. २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका ५२ जना परीक्षार्थीलाई पक्राउ गरेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।

बुधबार एकजजना पक्राउ परेपछि निगरानी बढाउने क्रममा बिहीबार सामाजिक विषयमा परीक्षामा सहभागी भएका ५२ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

एउटाको नाममा अर्कैले परीक्षा दिएको आशंका उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *