कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा स्वर्णिमलाई दोब्बर मत

Samata Khabar
  ११ बैशाख २०८०, सोमबार १९:४३

पोखरा । तनहुँ  –२ काे उपनिर्वाचनकाे मत गणना जारी छ । साे मत गणना अनुसार  कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीले कांग्रेसको करिब दोब्बर मत पाएको छ ।

केन्द्रीय सदस्य भण्डारीको वडा भानु नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा करिव दोब्बर मत प्राप्त गरेका हुन् ।

१६८८ मत खसेको उक्त वडामा रास्वपाका वाग्लेले ८१४ मत पाउदा कांग्रेसका भट्टराईले ४५६ मत प्राप्त गरे । एमालेका सर्बेन्द्र खनालले ३८६ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *