बारा २ मा उपेन्द्र यादव पाँच हजार मतान्तरले अघाडी

Samata Khabar
  १२ बैशाख २०८०, मंगलवार १७:०१

बारा । बारा २ मा भएको उपनिर्वाचनको मतगणनामा उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । खसेको ६९ हजार १०७ मतमध्ये ३९ हजार १९४ मत गणना भएको छ ।

जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९१३ र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ११ हजार ९८९ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ४ हजार ९२४ रहेको छ ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार २७२, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १३१ र आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ९५९ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *