कैलाली र कञ्चनपुरमा मुक्तकमैया कमलरी पुनःस्थापन अधिकार यात्रा

समताखबर
  १४ बैशाख २०८०, बिहीबार १५:०७

काठमाडौँ । मुक्तकमैया कमलरी पुनः स्थापन अधिकार यात्रा २०८० कैलाली र कञ्चनपुरमा आजदेखि एकै साथ सुरु गरिएको छ । पुनः स्थापन हुनबाट छुटेका मुक्तकमैया र कमलरीको पुनः स्थापनको माग गर्दै मुक्तकमैया समाजले यात्राको थालनी गरिएको हो ।

“तत्कालीन सरकारले कमैंया र कमलरी पहिचान गर्दा गलत प्रक्रियाका कारण छुटन गएकाले पुनःस्थापनको मागका लागि जागरण ल्याउन यात्राको थालनी गरेका छौंँ” मुक्तकमैंया समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरीले जानकारी दिए । “भूमि व्यवस्था सहकारी मन्त्रालयबाट गठित कमैया, कमलरी, हरुवाचरुवा समितिको प्रतिवेदनले यस कुरालाई पुष्टि गरेको छ ।”

मुक्तकमैंया, कमलरीको न्यायिक पुनः स्थापनका लागि कार्यविधि बनाइ कार्य अगाडि बढाउन दबाब दिने उद्देश्यले यात्राको थालनी गरिएको उनले बताए । यात्रा यही वैशाख १८ गतेसम्म सञ्चालन हुने छ । मुक्तकमैया कमलरी बस्तीमा पुगेर यात्राका बारेमा जानकारी दिने उद्देश्य राखिएको छ ।

कैलालीको टिकापुरको खड्कपुरबाट र कञ्चनपुरको भीमदत्त नगरपालिकाको सालघारीबाट यात्राको थालनी हुने बताइएको छ । कृषिमा बाधा श्रमिकका रुपमा रहेका कमैया कमलरी मुक्तिको घोषणा भएको २३ वर्ष पुगेको छ । कमैया श्रम ऐन, २०५८ जारी भई नियमावलीसमेत बनाइ लागू गरिएको छ ।

“अझैपनि धेरै कमैया कमलरी पुनः स्थापना हुनबाट वञ्चित छन”, मुक्तकमैया अगुवा रामबहादुर रानाले भन्नुभयो, “पुनः स्थापनमा परेका मुक्तकमैयाले सरकारका तर्फबाट घर बनाउन काठ, छात्रवृत्ति, सीपमूलक तालिम र रोजगारीका अवसर पाउन सकेका छैनन् ।” उनका अनुसार कैलाली र कञ्चनपुरमा १२ हजार बढी मुक्तकमैया परिवार पुनः स्थापन हुन बाँकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *