सुदूरपश्चिम सरकारले आज पूर्णता पाउँदै, माओवादीबाट ३ जना मन्त्री थपिँदै

समताखबर
  ६ जेष्ठ २०८०, शनिबार १४:४८

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले शुक्रबार (आज) पूर्णता पाउने बताएका छन् । प्रदेश सरकारको १०० दिनका उपलब्धि  सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले आज सरकारलाई पूर्णता दिइने बताएका हुन् ।

सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीको उल्झनका बीच मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तार गर्न लागेको हो ।

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा ३ जनाको नाम मन्त्रीको लागि नाम टुंग्याएको छ । संसदीय दलका नेता खगराज भट्टका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंग्याइएको हो । उनीहरुको आज नै शपथ ग्रहण गर्ने तयारी गरिएको मुख्यमन्त्री शाहले जानकारी दिए ।

सत्तारुढ दल नाउपालाई पनि सरकारमा सहभागी हुन आफूले अनुरोध गर्दै आएको पनि उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *