मास्टरी छोडेर `कृषि कर्म´ गरिरहेका गोपाल

समताखबर
  ३० मंसिर २०८०, शनिबार १२:०२

शुभाकर विश्वकर्मा,जुम्ला । हिमा-३ स्थित रूम्तु चार वर्ष अघिसम्म सुख्खा भिरालो पाखो मात्र थियो । हाल उक्त भिरालो पाखो कृषिमय भएको छ । एक व्यक्तिले चाहेमा कति छिट्टै विकासर परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ,रूम्तु क्षेत्र ।

गोपाल रोकाया (प्रविण) नेकपा (माओवादी केन्द्र) नेता हुन् । चार वर्ष शिक्षण पेसा अंगाले । अहिले उनी पूर्णकालीन कृषि पेसामा आवद्व छन् । उनकै अथक परिश्रम र मेहेनतले

दुर्गम ठाउँको मुहार फेरिएको हो ।

उनी व्यवसायिक कृषि (ओखर) खेती गर्छन् ।

हिमाकै पहिलो व्यवसायिक ओखर खेती रूपमा अहिले प्रसिद्धी कमाएको छ यो रूम्तुले । मोफ्ला गाउँदेखि तीन किलोमिटरको दुरीमा रहेको रूम्तुसम्म ग्रामीण सडक पुगेको छ ।

हिमा-३ मोफ्लाबाट ३ किलोमिटर दुरी पार गरेर पुगिन्छ हिमा कै पहिलो तथा सबै भन्दा ठुलो कृषि फर्म रून्तु ।

सञ्चालक,किसानदेखि हेरालोको रूपमा काम गरिरहेका रोकायाले चार वर्षदेखि उक्त कृषि फर्मको नेतृत्व गरिरहेका छन् । राजनीतिदेखि मास्टरीसम्म गरेका रोकायाको परिकल्पना,इच्छा शक्ति र लगनशीलताका कारण सुख्खा रूम्तु उर्वर बनेको छ ।

गोपालले मोफ्लाको रूम्तु क्षेत्रलाई कृषिमय बनाएका छन् ।  एक विगाहा क्षेत्रफलमा कृषि कर्म फस्टाएको छ । उक्त गाउँमा उनी एक्ला युवा उद्यमी हुन् । व्यक्तिगत र बैकिङ लोन गरेर कुल १ करोड जति लगानी मात्रै  गरेका छन् ।

ठुलो लगानी उनले अनेक सम्भावनाहरू त्यागेर कृषि कर्म रोजे । राजनीतिक क्रान्ति भन्दा पहिला कृषि क्रान्ति हुनुपर्ने उनको मत छ ।

उनले यो व्यवसाय सुरू गरेको चार वर्ष भयो । उनले एउटै ठाउँमा धेरै व्यवसाय गरेका छन्। सबै भन्दा धेरै ओेखरको नर्सरी छ ।  लोकल र फुजी स्याउको बगैंचा नै रहेको छ । खरायो पालेका छन् । बाख्रा समेत छन् । त्यहीँ भित्र माछा पोखरी समेत रहेको छ ।

अनुसन्धानकोे लागि यो वर्षबाट केसर खेतीसमेत सुरू गरेका छन् । गोपालले गत वर्ष दश हजार वटा ओखरका बिरूवा लगाएका थिए ।

उनले हाल ओखरका बिरूवा बेचेर मात्रै मनग्य आम्दानी गरिरहेका छन् ।  पहिलो वर्ष चन्दननाथ नगरपालिकालाई साढे सात लाखको ओखरका बिरूवा बेचे ।

दोस्रो वर्ष सिञ्जा गाउँपालिकालाई ११ लाखको बिरूवा बेचेको उनले बताए । तेस्रो वर्ष हिमा गाउँपालिकाले १३ लाखको बिरूवा किन्यो ।  यस्तै दश लाख मुल्य बराबरका ओखरका बिरूवा सुपर जोनले समेत किनेको  गोपाल बताउँछन्  ।

यस्तै उनले साढे चार सय वटा स्याउ समेत लगाएका छन्। स्याउले पनि फल दिन थालिसकेको छ । उनी स्याउ र स्याउका चानासमेत बिक्री गरेर आम्दानी गर्दै आएका छन् । यो वषर्ष मात्रै २१ लाखको कारोबार गरे उनले ।

उनको पाँच जनाको परिवार छ । एक छोरा र दुई छोरी छन् । श्रीमतीसहित पाँच जनाको परिवार कृषि कर्म गरेर पाल्दै आएका छन् । घर खर्चदेखि छोराछोरी पढाइ समेत यसैबाट जोहो भइरहेको उनको भनाइ छ ।

जेठी छोरीलाई आइस्सी एजी पढाए,बुटवलमा  । कान्छी छोरी जुम्ला बहुमुखी क्याम्पसमा विविएस पढिरहेकी छन् । छोरा भने बुटवलमा विज्ञान विषय लिएर पढ्दैछन् ।

राजनीति र शिक्षण पेशा छोडेर कृषिमा लाग्नु भयो रु यो रहर हो की बाध्यता भन्ने प्रश्नमा उनी भन्छन्,राजनीति गर्नलाई पहिला आत्मनिर्भर हुनुपर्छ । नत्र कुरा गरेर मात्र काम छैन । आफुले सोचेका कोरा कल्पना र सपना पुरा गर्न कृषि कर्म रोजेको हु ।

जनताको आधारभुत जीवनस्तर माथि उठाउने भनेको कृषि नै हो ।  अहिले मैले गरिरहेको  काम भोलीको मेरो समाजसेवा राजनीतिको लागि आधार हो ।

आफु आत्मनिर्भर नभईकन अरूलाई आत्मनिर्भर बन भन्न सकिन्न । हामी माक्र्सवादका कुरा गछर्छौ । जनतालाई मासु भात पनि पुगेको छैन ।

आत्मनिर्भरता बिना राजनीतिको लागि कल्पना गर्न सकिन्न । राजनीति गनर्ने नेता तथा कमर्मचारीहरू उत्पादनमा नजोडिएका कारण भ्रष्टाचार मौलाएको हो ।

धेरैले राजनीतिमा जोडिनु पर्यो भन्नुहुन्छ । म भन्छु, यो पनि राजनीति हो । एक अर्को रूप हो । मैले भाषण मात्रै गर्नु भन्दा उत्पादनमा पनि जोडिउ भन्ने सन्देश दिन चाहेको छु । यस्तो कायर्यमा सबै जोडिए भने भोली व्यक्ति,समाज मात्र होइन देशै समृद्ध बन्छ ।

जग्गा नभएका कोेही पनि छैनौं । मेहेनत गरौ । आत्मनिर्भर बनौ । अब कुरा गर्ने भन्दा पनि काम गर्ने हो ।

कृषि कमर्म गनर्नेलाई राज्यले अनुदान भन्दापनि ऋण उपलब्ध गराउनुपर्ने तर्क गर्छन् उनी ।

देशमा रोजगारीको अवसर सिर्जना नभएका कारण युवा जनशक्ति विदेशिने क्रम डरलाग्दो छ । उनी युवालाई स्वदेशमा कर्म गर्न सुझाउन्छन् ।  भन्छन्,ञ युवाहरू अल्छी नबनम् । प्रकृतिले अथाह सम्भावना दिएको छ । सही सदुपयोग गरौ । मानिस आत्मनिर्भर हुने क्षेत्र कृषि हो ।

राजनीतिक जीवन :

गोपाल २०५९ मंसिर १२ गते भुमिगत भएका थिए । करिब एक दशक उनी सक्रिय राजनीतिमा जोडिए । सो अवसरमा विभिन्न जिम्मेवारीमा समेत रहे । भुमिगत कालमा सिन्जा कमाण्डको सचिवको जिम्मेवारी निभाए ।

२०६३ मा अखिल  जुम्लाको सचिव भएका उनी अध्यक्षपनि भए । अखिल क्रान्तिकारी केन्द्रीय सदस्य हुदैँ स्वावियु काउन्सिलमा समेत केही समय महत्त्वपूर्ण जिम्मेवारी मा रहे । पछि भेरी कर्णाली सेती महाकाली राष्ट्रिय बुद्धिजीवी संगठनमा काम गरे ।

२०६४ मा जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापति बने ।  २०६७ सालमा देवी खड्का भौतिक पुर्वाधार राज्यमन्त्री हुँदा स्वकीय सचिवको जिम्मेवारमा रहे । हाल हिरासतमा रहेका टोप बहादुर रायमाझी शान्ति तथा पुन निमर्माण मन्त्री हुँदापनि स्वकीय सचिवको जिम्मेवारीमा रहे ।

डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी राहत शिक्षक नियुक्त भए । राहदेव मावि चार वर्ष शिक्षण गरेका उनी राजनीति र मास्टरी छोडेर कृषि पेसा अंगालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *