मुस्ताङको स्याउ बजारमा

बलेवा : चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोसेलीमा मुस्ताङको स्याउ’। दसैंको बेला त मुस्ताङको स्याउको कोसेली झनै चल्छ ।  दसैंको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ। उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो। रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा बिक्री अत्यधिक बढेको छ। धादिङका […]

गड्यौला पालनतर्फ किसान आकर्षित

स्याङ्जा : वालिङका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका हुन् । नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय […]

तोकियो धानको समर्थन मूल्य

काठमाडौं : सरकारले चालु आर्थिक वर्षका लागि धानको न्यूनतम सर्मथन मूल्य तोकेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले क्विन्टलमा १७ रुपैयाँले बढाएर धानको मूल्य तोकेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सन्जेलले मोटा र मध्यम किसिमको धानको न्यूनतम सर्मथन मूल्य तोकिएको बताए । उनका अनुसार मोटा धानको प्रतिक्विन्टल मूल्य दुई हजार ७५२ र […]

२० वर्ष बितिसक्दा पनि च्पाप्नेगाढ बिजुली बलेन

खड्क सुनार/मुगु : मुगुको मुगुम् कार्मारोङ्ग गाउँपालिका–८  मांग्री गाउँमा २०५८ सालमा स्थापना भएको च्याप्नेगाढ जलविद्युत आयोजना हालसम्म पनि बल्न सकेको छैन । निर्माण सम्पन्न भएको २० वर्षभन्दा बढी समय भइसक्दा पनि सञ्चालनमा नआएको हो ।     यो जलविद्युत आयोजनाबाट २५ किलोवाट विद्युत उत्पादन गरी साबिकको मांग्री  गाविसको माग्री गाँउ, मह गाँउका तीन सयभन्दा बढी […]

लमजुङका किसानलाई अलैंची टिप्न भ्याइनभ्याई

लमजुङ : लमजुङका किसान अलैंची टिप्न व्यस्त छन् । अलैंची पाकेपछि किसानहरू टिप्न, छोडाउन र सुकाउन व्यस्त बनेका हुन् । अलैंची टिप्ने सिजन भएकोले सहर झरेकाहरु पनि गाउँ फर्किएका छन् । विशेषगरी कोरोनाका कारण पनि सहर बस्नेहरू गाउँ फर्किएर कृषि कर्ममा व्यस्त भएको मर्स्याङ्दी गाउँपालिका- ६ बाहुनडाँडाका अलैंची कृषक लोकनाथ घिमिरेले बताए । जिल्लाका अलैंची किसानहरूले भदौ […]