मकैको खोस्टाबाट बुनेको मुढाको माग बढ्यो

पोखरा, ६  साउन : पछिल्लो समय सीपमा आधारित हस्तकलाको माग बढ्दै गएपछि सीप सिक्न गृहिणी महिलाको रुचि र जाँगर बढ्न थालेको छ । पोखरामा मकैको खोस्टाबाट बनाइएका मुढाको माग बढ्न थालेपछि तालीम सिक्ने र घरमै मुढा बनाएर आयआर्जन गर्ने महिला बढ्न थालेको कास्की पोखरा हस्तकला सङ्घका अध्यक्ष एवं पद्मावती हस्तकला उद्योगका सञ्चालक हिरा भट्टराई बताउनुहुन्छ […]

ढाका कपडा उद्योग सञ्चालन गर्न १० महिलालाई तालीम

बागलुङ, ५  साउन  : बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका महिलाहरुका लागि ढाकाको कपडा बुनाई तालीम दिइएको छ । गाउँपालिकाको १० लाख आर्थिक सहयोगमा बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तालीम सञ्चालन गरिएको हो । तालीममा गाउँपालिकाका १० वडाबाट एक/एक जना गरी १० जनाको सहभागीता रहेको छ । तालीममा सहभागीहरुले आफूले सिकेको सीपलाई व्यवसायिक रुपमा अगाडी बढाउने […]

क्रिष्टलका गरगहना बनाउने सीपले उद्यमी बन्दै गाउँका महिला

प्यूठान ३ असार : ‘पहिले यस्तो कुनै सीप थिएन । सीप सिक्दा ढिलो भएको महसुस भएको छ,’ क्रिष्टल (चुरापोते) बनाउने सीप सिक्दै आएकी स्वर्गद्वारी नगरपालिका–२ खालकी भूमा परियारले भनिन्, ‘सिकेको सीपलाई व्यावसायिक रुपमा अगाडि बढाउने अठोट जागेको छ ।’ स्थानीय गाउँमै सीप सिक्ने अवसर पाउँदा खुसी छिन् उनी । सिक्दै गरेको सीपमा तल्लीन भएर लागेकी […]

महिलाले व्यवसाय गर्दा चाहिने बिशेष ७ टिप्सहरू

धनगढी, २२ बैशाख  : व्यवसाय सुरु गर्नु नै एक किसिमको चुनौती हो।  अझ हाम्रा जस्तो पुरुषप्रधान समाजमा, महिला भएर व्यवसाय गर्नु त एकदमै चुनौतीपूर्ण मानिन्छ । महिला भएकै कारण व्यवसाय गर्दा कसैले नपत्याईदिने, जस्तै की व्यवसायको लागि चाहिने सामान पठाउनुपर्नेले महिलाको व्यवसाय भनेर समान नपठाउने, कर्मचारीले काम राम्रोसँग नगर्दिने जस्तो समस्या आउन सक्छ । त्यसै […]

ब्रोइलर पालन : घरमै बसी लाखौ आम्दानी गर्न सकिने व्यवसाय !

धनगढी, २२  बैशाख : ब्रोइलर एउटा कम समयमा मासु उत्पादन गर्ने क्षमता भएको कुखुराको प्रजाति हो।  यो लगभग ६ हप्तामा ३८- ४० ग्राम वजनको चल्लादेखि बढेर लगभग १ केजी ७०० ग्राम सम्म पुग्छ। यसको व्यवसाय गर्ने हो भने निकै राम्रो आम्दानी गर्न सकिन्छ। मासु उत्पादनका लागि व्यापारिक उदेश्यले पालिने ब्रोइलरका प्रजातिहरू: कलर ब्रोइलर हाई – […]