समृद्धिको ढोका खोल्दै ‘कर्णाली’

‘पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ। बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि जहिले पनि केन्द्र सरकारसँग प्रतिपक्षीकै भूमिकामा उभिन तयार छौं।’ यो माघ २१ गते बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा दलका नेताहरूले अधिक दोहोर्‍याएको वाक्य हो। प्रदेशको विकास र समृद्धिका लागि सत्तापक्षरप्रतिपक्ष एकताबद्ध […]

स्थानीय सरकारले ल्यायो बालविवाह रोक्ने अभियान

बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने भएको छ । बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख बालकुमारी बस्नेतले बताए । चालु आर्थिक वर्षमा अदालतमा सम्बन्ध विच्छेदका ६० मुद्दा दर्ता भएको पाइएको छ  । महिला तथा बालबालिका कार्यालयमा बालविवाहका कारण कुटपिट, खान, लाउन नपाएकोलगायत […]

बाँफीकोट कर्णालीको पहिलो छुवाछूत मुक्त गाउँपालिका

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ । जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार औपचारिक कार्यक्रमका बीच बाँफिकोटलाई घोषणा गरिएको हो । बाँफीकोट गाउँपालिकामा ७० प्रतिशतभन्दा बढी छुवाछूतको अन्त्य भएपछि घोषणा गरिएको आयोजकले बताएका छन् । यहाँका सार्वजनिक […]

कर्णाली प्रतिष्ठानमा स्नातक तहमा मिडवाइफरी कार्यक्रम पढाइ हुने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्नातक तह (ब्याचलर) मा मिडवाइफरी कार्यक्रम सञ्चालन हुने भएको छ। नेपाल नर्सिङ काउन्सिलको वोर्ड बैठकले कर्णाली प्रतिष्ठानमा स्नातक स्तरको कार्यक्रम सञ्चालनको लागि स्वीकृति प्रदान गरेसंग मिडवाइफरीको पढाइ गर्ने बाटो खुलेको हो। काउन्सिलले शैक्षिक सत्र २०७५/७६ का लागि प्रतिष्ठानलाई १० वटा सिटको स्विकृती दिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी […]