छुवाछूत गर्नेविरुद्ध प्रहरीमा उजुरी

सप्तरी : सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगमा बिहे भोजमा छुवाछूत गर्नेविरुद्ध प्रहरीमा उजुरी परेको छ । बिहे भोजमा बोलाएर खाना खाने बेला छुवाछूत गर्ने सत्यनारायण यादव र घनानन्द खड्गाविरुद्ध बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको हो । यादव र खड्गाले स्थानीय १९ वर्षीय सुरजकुमार पासवान र १७ वर्षीय कृष्णकुमार पासवानलाई भोजमा निम्तो दिएर पछि सँगै खान […]

दक्षिण अफ्रिकाको राजदूतमा निर्मल विश्वकर्मा नियुक्त

काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा.निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मंगलबार राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा.युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको […]

दलितलाई डेरा नदिने घरबेटी पक्राउ

काठमाडौ । जातकै कारण दलितलाई डेरा दिन नमान्ने काठमाडौंका एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । करुणा विश्वकर्मालाई फ्ल्याट भाडामा दिन नमान्ने माधवराज भुसाललाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको हो । फ्ल्याट भाडामा दिने भनेर एक हजार रुपैया एड्भान्स लिएका घरबेटीले थर विश्वकर्मा भन्ने थाहा पाएपछि जातीय विभेद गदै फ्ल्याट भाडामा दिन इन्कार गरेका […]

कैलालीमा ट्याक्टरबाट खसेर एकको मृत्यु

उषाकिरण ज्योती । कैलालीको गोदावरी नगरपालिका–८ जग्दाहामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । से १ त ४३०३ नम्बरको ट्याक्टरबाट खसेर गोदावरी नगरपालिका–७ हरैयाका २४ वर्षीय गोविन्द चौधरीको बिहीबार बिहान करिव ८ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

बडीकेदार गाउँपालिकामा नेपाल मगर संघ गठन

शालिभान साउँद,डोटी । नेपाली कांग्रेसको भातृसंगठन नेपाल मगर संघको बडीकेदार गाउँपालिका स्तरीय समिति गठन गरियको छ । १३ सदस्यीय समितिको सभापतिमा राजेन्द्र बुढामगर, सचिबमा आशिष घर्तिमगर, कोषाध्यक्ष ललिता देबी पुनमगर चयन भएका छन। त्यसै गरी सदस्यहरूमा राम बहादुर बुढा, रतिभान रोकामगर, धर्म बहादुर थापामगर, शोभा देबी पुनमगर, अम्मीसरा पुनमगर, लालबहादुर घर्तिमगर, चन्द्रकला घर्तिमगर, प्रेम घर्तिमगर, […]