स्वास्थ्य शिविरबाट तीन सयजना लाभान्वित

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट तीन सय चार सेवाग्राही लाभान्वित भएका छन् । उक्त शिविर शुक्लाफाँटा–१० झलारीस्थित स्वास्थ्य चौकीमा वडा कार्यालयले आयोजना गरेको हो । स्वास्थ्य शिविरमा छाला, आँखा, हाडजोर्नीलगायत सम्बन्धि रोगको उपचार गरिएको थियो । स्वास्थ्य चौकीका सिनियर अहेब लोकेन्द्र ऐरीका अनुसार दुई सय १५ जनाको आँखा परीक्षण गर्दा २३ जनामा […]

डोटीमा सुरक्षित गर्भपतन गराउँने बढे

डोटी । डोटी जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउँने महिलाको संख्या बढ्दै गएको छ ।सुरक्षित गर्भपतन सेवालाई नेपाल सरकारले कानूनी मान्यता दिएपछि अहिले जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाको संख्या बढेको हो । सुरक्षित गर्भपतन सेवालाई सरकारले २०५९ असोज १० गते कानूनी मान्यता दिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर अधिकृत सूर्य विष्टले […]

बाजुरामा भूकम्पको धक्का

काठमाडौं । सुदूर पश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा आज बिहान भूकम्प गएको छ ।बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो ।बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।

आँखै अघि आमाको मृत्यु देखेका शिवि विकले जब डाक्टर बन्ने सपना देखे

‘शिवि डाक्टरी पढ्न पाउने भयो दाइ,’ के आई सिंह गाउँपालिका–४ का जोगे लुहार–लाई झिमेमालिका मावि वायलका प्रधानाध्यापक नरबहादुर कार्कीले घरमै गएर यो खबर सुनाए । आरन पिट्दै गरेका ६५ वर्षीय जोगेलाई सुरुमा यो खबरप्रति विश्वास लागेन । तर, सुख दुःखमा साथ दिने नजिकैका छिमेकीले बिहान बिहानै भनेपछि विश्वास गर्नै पर्‍यो । आरन पिटिरहेको उनको आँखाबाट […]

चुँदारा समुदायको पेसा संकटमा

गुल्मी । गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय संकटमा परेको छ। चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए। आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका सामग्री आउन थालेपछि परम्परागत हातले बनाएका काठका सामग्रीको प्रयोग घटेको मालिका गाउँपालिकाको घमिरका नरबहादुर कार्कीले बताए। आयातित […]