महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत

डाेटी : डाेटीकाे पूर्वीचौकी गाउँपालिकाले महिनावारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरुलाई नगद पुरस्कार जनही पाँच हजार रुपैयाँसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो […]

१२५ महिला बेचिनबाट जोगिए

कञ्‍चनपुर : प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो । गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताइन । […]

रोयटर्सको पहिलो महिला प्रधान सम्पादक

काठमाडौं : विश्वप्रशिद्ध समाचार संस्था रोयटर्सको नयाँ प्रधान सम्पादक अलेसान्द्रा गलोनी बन्ने भएकी छन्। बेलायतको लण्डन मुख्यालय रहेको समाचार संस्था रोयटर्सले आफ्ना शीर्ष सम्पादक मध्येबाट अलेसान्द्रालाई भावी प्रधान सम्पादकका रुपमा चयन गरेको हो। विश्वव्यापी रुपमा सेवा प्रदान गर्दै आएको समाचार संस्था रोयटर्सको १७० वर्षको इतिहासमा प्रधान सम्पादक बन्ने अलेसान्द्रा पहिलो महिला हुन्। इटालीको रोमकी ४७ […]

दलका सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले राजनीतिक दलका सबै तह र कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी अधिवक्ता इन्दु तुलाधरले दायर गरेको रिटमा सुनवाई गर्दै दीपककुमार कार्की र मनोजकुमार शर्माको इजलासले दलका सबै तह र कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न निर्वाचन आयोगलाई आदेश दिएको हो […]

महिला अधिकार

दमक २४ फागुन । महिला अधिकार भन्नाले हरेक महिलाले समाजमा स्वतन्तत्र पुर्वक जीवनयापन गर्न पाउने आधार हो । त्यस्ता अधिकारहरु जुन राज्यबाट निर्मित कानुनमा संस्थागत गरिएका हुन्छन । जसले सम्मानपूर्वक जिउनको लागि प्रोत्साहन गर्दछ । महिला अधिकार पुरुषमूखि सिद्धान्तमा महिला विरुद्ध हुने भेदभावमा निकालिएको कानुनि आवाज हो  । महिला अधिकारले हरेक क्षेत्रकात्रका महिलाको समस्या र […]