दलित सशक्तिकरण सम्बन्धी कानून बन्दै

धनगढी । जातीय विभेद निर्मूल हुन नसकेको सुदूरपश्चिम प्रदेशमा दलित समुदायलाई लक्षित गरेर कानून निर्माण गर्न थालिएको छ । जातीय छुवाछुतको अन्त्य र दलित सशक्तिकरण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले कानून बनाउन लागेको हो । सरकारले ‘दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ सुदूरपश्चिम प्रदेश सभामा टेबुल गरिसकेको छ । आइतबार बसेको प्रदेश सभा […]

रेशम चौधरीको रिहाइ सरकारको लेनदेनको विषय बन्न हुँदैन : राजकिशोर यादव

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले रेशम चौधरीको रिहाइलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले संविधान संशोधन र रेशम चौधरी रिहाइको कुरा गर्दा सरकारमा आउने प्रस्ताव गरिएकाले रेशम चौधरीको विषयलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका हुन् । उनले चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक […]

किन गर्दैछन् टीकापुरवासी रेशम चौधरी रिहाइको माग ?

टीकापुर घटनामा जेल सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइका लागि जनता समाजवादी पार्टीका नेताका साथै उनको निर्वाचन क्षेत्रका नागरिक अगुवा र स्थानीयले पनि माग गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि तथा अर्को फैसलाबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग भएपछि सत्ता राजनीतिको नयाँ सिलसिला शुरु भएको छ। एमाले र माओवादी केन्द्र एकतापूर्वको अवस्थामा फर्किएपछि संसद्‌मा तेस्रो शक्तिबाट चौथो बनेको […]

धर्नामा बसेका वादी समुदायमाथि प्रहरीद्धारा लाठी प्रहार

सुर्खेत । व्यवस्थित बसोबासको माग राखेर धर्नमा बसेका वादी समुदायमाथि प्रहरीले लाठी प्रहार गरेको छ । प्रहरीले आइतबार दिउँसो उनीहरूमाथि लाठी प्रहार गरेको वादी समुदायका अगुवा हरि वादीले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअघि धर्नामा बसेका बादी समुदायले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो । नाराबाजी गर्दै बादी समुदायका […]

थरुहट-थारुवान मोर्चाको राष्ट्रिय सम्मेलन आज पनि जारी

धनगढी । कैलारी गाउँपालिकाको हसुलियामा थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन आज पनि जारी छ । सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहट थारुवानको विशेष राष्ट्रिय सम्मेलन शनिबारदेखी सुरु भएको हो । कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका […]