हरवाचरवा यूवाको क्षमता विकास गर्न जनवकालत तालिम

सिराहा : सिराहाको लहानमा आईतबारदेखी तीन दिने हरवाचरवा यूवा एक्टिभिजम तथा जनवकालत तालिम लहानमा शुरु भएको छ । विभिन्न समयमा भएका राजनीतिक तथा सामाजिक आन्दोलन पश्चात स्थापित गणतन्त्र नेपालमा अझैपनि दाशप्रथाको अबशेषको रुपमा रहेको कृषि बधुवा मजदुरः हरवाचरवाको मुक्ति र पुर्नस्थापनाको संयुक्त आन्दोलनमा हरवाचरवा यूवाहरुको संग्लनता बढाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । नेपालको परिवर्तित […]

गुरुकुलमा जातीय विभेद अन्त्य गर्नुपर्छ : नेता भण्डारी

काठमाडौं : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गुरुकुलमा जातीय विभेद गर्न नहुने र दलित जनजाति लगायतका इच्छुक सबै जातजातिले गुरुकुलमा वेद,पुराण पढ्न पाउनुपर्ने अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताएका छन् । समानता अभियान नेपालको आयोजनामा रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित गुरुकुलमा जातीय विभेद अन्त्य गरौं सबैले वेद,पुराण पढुन विषयक विचार गोष्ठीमा नेता भण्डारीले जातीय छुवाछूत […]

तीन महिनाभित्र दलितको हक अधिकार सुनिश्चित गराउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले तीन महिनाभित्र दलितको हक अधिकार सुनिश्चत हुनेगरी आवश्यक व्यवस्था मिलाउन संघीय संसद सचिवालय र सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशले अधिवक्ता प्रकाश नेपालीले गरेको रिट निवेदनमाथी सुनुवाई गर्दै यस्तो आदेश जारी गरेको हो । अदालतको आदेश प्राप्त भएको मितिले तीन […]

दलित बालबालिकालाई न्यानो कपडा वितरण

धनगढी : कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका-१५ शान्ति कटानका २० जना दलित बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । लामो समयदेखीको सितलहरका कारण चिसो बढेसँगै आर्थिक रुपमा विपन्न, असहाय, दलित परिवारका २० जना बालबालिकालाई सोमबार न्यानो कपडा वितरण गरिएको हो। समता मिडिया सेन्टरले संचालन गरेको बृद्धबृद्धा तथा बालबालिका बचाउ अभियान अन्तर्गत सहयात्रा-इन्टरनेशनल अलायन्स फर सोसल जस्टिस […]

पत्रकार विश्वकर्माको मृत्युबारे सत्यतथ्य सार्वजनिक गर्न काउन्सिलको माग

काठमाडौं : प्रेस काउन्सिल नेपालले निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर पत्रकार लालबहादुर विश्वकर्माको निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ। थोरै रकम अभावका कारण सहज उपचार नपाएका विश्वकर्माको यही माघ ६ गते (बिहिबार) बिहान निधन भएको थियो। सो सम्बन्धमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रबार सिभिल अस्पतालको व्यवस्थापनलाई […]