पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला

झापा : झापाको गौरदह नगरपालिका–९ स्थित कमल खोलामा १७ साउनमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्वल खरेलको शव आज फेला परेको छ ।खरेको शब सशस्त्र प्रहरीले आज फेला पारी खोलाबाट बाहिर निकालेको हो । कमल गाँउपालिका–१ बस्ने खरेल पौडी खेल्दाखेल्दै बेपत्ता भएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय […]

बाढीपहिरोले सडक बगाउँदा बेंसिसहर-चामे सडक अवरुद्ध

लमजुङ : आइतबार राति वर्षासँगै आएको बाढीपहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेंसिसहर-चामे सडक अवरुद्ध भएको छ । डुम्रे-बेंसीसहर-चामे सडक योजनाका सबइन्जिनियर सुमन अधिकारीका अनुसार मर्स्याङ्दीको रामबजार, घोप्टेभीर र कोतोमा पहिरोले सडक बगाएपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हो । पहिरोले सडक बगाएपछि चामेको कोतोमा मानिससमेत वारपार गर्न समस्या भएको अधिकारीले बताए । उनका […]

चुलाचुली गाउँपालिकाले घर घरमा नै सामाजिक सुरक्षा भत्ता पठाउने

इलाम : चुलाचुली गाउँपालिकाले अब स्थानियको घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई पालिका सदरमुकामको बैङ्कसम्म आउन जान समस्या भएपछि गाउँपालिकाले घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागेको हो । बर्खाको समयमा चुलाचुलीका ६ वटा वडालाई एक दर्जन बढी स–साना खोलाले […]

कुकुरको आतंक : तीन महिनामा ८९ घाइते

खोटाङ : खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सार्वजनिक कुकुरको आतंक फैलिएको छ । गत वैशाखदेखि हालसम्म कुकुरको टोकाइबाट ८९ जना घाइते भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार यस अवधिमा ४४ महिला र ४५ पुरुष घाइते भएका हुन् । गम्भीर घाइते ६ जनालाई काठमाडौं रेफर गरिएको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए ।  […]

ताप्लेजुङमा श्रीमानले खुर्पाले हिर्काउँदा श्रीमतीको मुत्यु

ताप्लेजुङ : श्रीमान कुटपिटबाट फुङलिङ नगरपालिका–९ हाङदेवाका ५४ वर्षीया कान्छीमाया लिम्बूको मृत्यु भएको छ। घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा खुर्पाको पछाडिको भागले प्रहार गर्दा घटनास्थलमै […]