नेपाली छड पहिलोपटक भारत निर्यात, श्री स्टिलले पठायो ३५ टन छड

भैरहवा : सिमेन्टपछि नेपालबाट पहिलोपटक भारत छड निकासी भएको छ । बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे डन्डी (छड) बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि  निकासी भएको हो । चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ताचप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था ल्याइएसँगै पहिलोपटक श्री स्टिलले डन्डी निकासी गरेको […]

लामखुट्टेले टोकेको रगतको डीएनबाट चोर पक्राउ !

बेइजिङ : चीनमा प्रहरीले रोमाञ्चक ढंगले एक चोरलाई पक्राउ गरेको छ । प्रहरीले चोरी भएको घरमा मरेको लामखुट्टे र भित्तामा टाँसिएको रगतको दागको डीएनए परीक्षण गरेर चोर पक्राउ गरेको ग्लोबल टाइम्सले जनाएको छ । चोरले घरबाट निस्कने क्रममा लामखुट्टेलाई मारेको थियो ।   रिपोर्टअनुसार उक्त घटना फुजियान प्रान्तको फुझोउमा  ११ जुनमा भएको थियो । घरमा पुग्दा […]

काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल

काठमाडौं : काठमाडौं महानगरपालिकाले आज तीन वटा दमकल ल्याएको छ । ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन्,’ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर […]

नेपाल टेलिकमको सेवा दस्तुर ३ प्रतिशत घटयो

काठमाडौं : नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महशुलमा आज आइतबारदेखि  नयाँ दर लागू हुने भएको छ । नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुनेगरी १० प्रतिशतमा झारेर नयाँ दर लागू गरिएको हो । टेलिकम कार्यालयका अनुसार हाल उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा […]

डुबानमा परेकालाई उद्धार गर्न प्रदेश प्रहरीलाई सवारी साधनसहितका सामग्री प्रदान

जनकपुरधाम : मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई सवारीसधान र बाढी तथा डुबानमा  परेकालाई उद्धार गर्न विभिन्न सामग्रीहरु सहयोग गरेको छ । प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले शुक्रवार बिहान मधेश प्रदेश प्रहरी  कार्यालयलाई ९ वटा भ्यान, २९ वटा मोटरसाईकलसहितका सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी बाढी डुबानमा परेकाहरुको उद्धारका लागि मोटर बोट र जेनरल बोट, टेन्ट […]