जनता आवासको घर वास्तविक दलितले पाएनन

सर्लाही : जनता आवास कार्यक्रम अन्तर्गत सर्लाहीको लालबन्दीमा निर्माण भइरहेको घर वास्तविक विपन्नले नपाएको स्थानीयले गुनासो गरेका छन्। घर बनाइदिन सरकारी निकायले गठन गरेको उपभोक्ता समितिका पदाधिकारीले विपन्न र गरिबलाई भन्दा हुनेखाने र पहुँच भएकालाई घर दिएका स्थानीयले आरोप लगाएका छन्। संघीय सरकारको आर्थिक सहयोग प्रदेश सरकारले सर्लाहीमा हजार तीन सय बढी घर निर्माणका लागि […]

पर्साको देउरबाना गाउँमा दबाब समूह गठन

वीरगञ्ज  ।  पर्साको सखुवाप्रसौनी गाउँपालिका-४ देउरबाना गाउँमा मंगलबार दबाव समूह गठन गरिएको छ। नागेन्द्र पासवानको संयोजकत्जमा १३ सदस्यीय दबाव समूह गठन गरिएको हो । सहसंयोजक हाकिम मुसहर सदस्यहरुमा युवराज मुसहर,जग मुसहर,ब्रह्मदेव मुसहर,रामजी पासवान, ठग पासवान,सरस्वतीदेवी मुसहर,सुखलीदेवी मुसहर,श्याम कुमार,नागेन्द्र पासवान, सुनैना देवी,मुनि मुसहर रहेका छन् । पिसफोर दलित फाउन्डेसनको आयोजनामा दबाब समुह गठन गरिएको हो । […]

बस्तीमा सकस : परालै सिरक,परालै डसना

महोत्तरी : जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा । बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइरचौडाइका झुप्रा छन् । यी […]

नागरिकता पाएपछि मुसहर खुसी

बर्दिबास १० महोत्तरी : ‘नागरिकता हातमा आयो। अब सरकारी नोकरी खान्छु’, बर्दिबासका २३ वर्षीय मञ्जय सदाले भने, ‘नोकरी पाएपछि पुरै गाउँलेलाई खुसियालीमा भोज खुवाउँछु।’ इलाका प्रशासन कार्यालय बर्दिबासको प्रवेशद्वारामा छिमेकी रामपृत मुसहरलाई मञ्जय खुसी साट्दै थिए। बाबु लक्ष्मी सदाको जन्मसिद्ध नागरिकता थियो। जन्मसिद्धका सन्तानलाई नागरिकता दिन रोकिएको थियो। मञ्जयको घर एकीकृत नमूना मुसहर बस्तीमा छ। […]