दलित महिलामाथी निर्घात कुटपिट

सिराहा  : सिराहामा एक दलित महिला निर्घात कुटिएकी छिन् । कल्याणपुर नगरपालिकाका निलम्बित मेयर सूर्यनाथ मण्डलका छोरासहितको समुहले शुक्रबार राती करिब ११ बजे घरभित्र पसेर अभद्र व्यवहार गर्दै उनलाई निर्घात  कुटपिट गरेका हुन् । कल्याणपुर नगरपालिका वडा नं. ३ की ४० वर्षीय सितादेवी महरा र उनलका १८ वर्षीय छोरा जितेन्द्र महरालाई कुटपिट गरेका थिए । […]

मधेस आन्दोलनमा लागेका १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचीसहित)

काठमाडौं : मधेस आन्दोलनका क्रममा सरकारले फौजदारी मुद्दा चलाएका विभिन्न १२० जनाको मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए । उनले अघि भने, ‘यो राजनीतिक […]

जनमत पार्टीको अध्यक्षमा सिके राउत

जनकपुर : जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन्। उनी सर्वसम्मत अध्यक्ष भएका हुन्। तर उनले महाधिवेशनबाट दुई हजार तीन सय दुई मत प्राप्त गरेका थिए। शनिबार महाधिवेशन सुरू भएको थियो। अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ। पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा […]

जनता आवासको घर वास्तविक दलितले पाएनन

सर्लाही : जनता आवास कार्यक्रम अन्तर्गत सर्लाहीको लालबन्दीमा निर्माण भइरहेको घर वास्तविक विपन्नले नपाएको स्थानीयले गुनासो गरेका छन्। घर बनाइदिन सरकारी निकायले गठन गरेको उपभोक्ता समितिका पदाधिकारीले विपन्न र गरिबलाई भन्दा हुनेखाने र पहुँच भएकालाई घर दिएका स्थानीयले आरोप लगाएका छन्। संघीय सरकारको आर्थिक सहयोग प्रदेश सरकारले सर्लाहीमा हजार तीन सय बढी घर निर्माणका लागि […]

पर्साको देउरबाना गाउँमा दबाब समूह गठन

वीरगञ्ज  ।  पर्साको सखुवाप्रसौनी गाउँपालिका-४ देउरबाना गाउँमा मंगलबार दबाव समूह गठन गरिएको छ। नागेन्द्र पासवानको संयोजकत्जमा १३ सदस्यीय दबाव समूह गठन गरिएको हो । सहसंयोजक हाकिम मुसहर सदस्यहरुमा युवराज मुसहर,जग मुसहर,ब्रह्मदेव मुसहर,रामजी पासवान, ठग पासवान,सरस्वतीदेवी मुसहर,सुखलीदेवी मुसहर,श्याम कुमार,नागेन्द्र पासवान, सुनैना देवी,मुनि मुसहर रहेका छन् । पिसफोर दलित फाउन्डेसनको आयोजनामा दबाब समुह गठन गरिएको हो । […]