पाँचौँ खिचरा (माघी) महोत्सव सम्पन्न

जिल्लाको खैरहनीमा शुरु भएको पाँचौँ खिचरा (माघी) महोत्सव सोमबार सकिएको छ । थारु कल्याणकारिणी सभा, चितवनको क्षेत्र नम्बर ७ ले संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक सांस्कृतिक घरेलु हस्तकला र कृषि प्रदर्शनीसमेत गरिएको थियो । महोत्सवको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याए बापत सन्तकुमार चौधरी, राजु चौधरी, ध्रुवराज खनाल, राजेन्द्र आचार्य र अनिल […]

थारु समुदायले आज नयाँ बर्षको रुपमा माघी पर्व मनाउँदै

बाबाकी सगर गैनु हाँ, मुरिया लहाने सखि ए हो, सेंडुर छुटल पानीघाट, सखि ए हो ! ……. केही दिन यता थारू वस्तीहरुमा यी र यस्तै गीतहरु सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघी पर्वमा मघौटा, ढमार र ढुम्रु बिशेष गीतको रुपमा लिइन्छ । माथिको गीतले माघी आगमनको संकेत गर्छ र मनभित्र गुम्सिएर […]

काठमाडौंमा माघी महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्‍घाटन गर्ने

उपत्यकामा बसोवास गर्ने थारू समुदायले यस वर्ष पनि थारू माघी महोत्सव २०७४ काठमाडौँको टुँडिखेलमा भव्यतासाथ मनाउने तयारी गरेका छन् । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने आयोजकले जनाएको छ। थारू कल्याणकारिणीसभा (थाकस) केन्द्रीय कमिटीको नेतृत्वमा यस वर्ष माघी महोत्सव एकै ठाउँमा हुने आयोजकले बताएको छ। यसअघि दुई वर्ष थारूले काठमाडौँका दुई ठाउँमा माघी महोत्सव मनाएका […]

पश्चिम नेपालका थारु बस्तीमा माघीको रौनक (फोटो फिचर)

थारु समुदायको माघी पर्व आउन दुई दिन बाँकी रहँदा थारु बस्तीमा चहलपहल बढेको छ। थारु समुदायको महान पर्व अर्थात् थारु समुदायको नयाँ वर्षको रुपमा मानिने माघी पर्व नजिकिदै गर्दा थारु बस्तीमा चहलपहल बढेको हो। माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन्। माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएको हुनाले […]

कपिलवस्तुमा थारुहरु माघी महोत्सबको तयारी गर्दै

कपिलवस्तुमा माघी महोत्सव हुने भएको छ । पुस २७ देखि २९ गतेसम्म जिल्लाको गोरुसिङ्गेस्थित आफ्नो सभाहलको प्राङ्गणमा आठौँ माघी महोत्सव सञ्चालन हने भएको छ । भव्यरुपमा सम्पन्न गर्न सभाका अध्यक्ष जञ्जिरप्रसाद थारुको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । १६ वटा विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सवमा थारु जातिको भाषा, कला, […]