थरुहट-थारुवान मोर्चाको राष्ट्रिय सम्मेलन आज पनि जारी

धनगढी । कैलारी गाउँपालिकाको हसुलियामा थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन आज पनि जारी छ । सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहट थारुवानको विशेष राष्ट्रिय सम्मेलन शनिबारदेखी सुरु भएको हो । कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका […]

आज दिल बहादुर रम्तेल जनयुद्धको पहिलो सहिद भएको दिन

काठमाडौं । ०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले सुरु गरेको १० बर्षे जनयुद्धका पहिलो सहिद हुन गोरखाका दिल बहादुर रम्तेल । उनी ११ बर्षका थिए । गोरखामा बसेको माओबादी बैठकले दिर्घकालिन जनयुद्ध गर्ने निर्णय गरेको थियो । जनयुद्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको थियो । स्कुलका एक जना शिक्षकलाई माओवादी […]

विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

म्याग्दी । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले […]

संसद बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चको परमादेश

काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदम बदर गर्दै संसद पुनर्थापना गरेको छ । मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फैसला सुनाउँदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश समेत गरेको हो। योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको ५ पुस गते […]

विप्लवसहित चार दलको रणनीतिक एकता

काठमाडौं । विभिन्न ४ कम्युनिस्ट पार्टीहरुले रणनीतिक कार्यगत एकता घोषणा गरेका छन्। नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच रणनीतिक कार्यगत एकता भएको हो। प्रज्ञा प्रतिष्ठानमा आयोजित एक सभामा यी पार्टीबीच एकता घोषणा गरिएको हो। […]