रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । उपनिर्वाचनवाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रिय समिति र संसदीय दलको दुबैको बैठक आज बस्न लागेको हो । जसअनुसार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ […]

उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार तयारी गरिरहेको बताएका हुन् । ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर […]

उपप्रधानमन्त्री खड्का र महावीर पुनबीच वार्ता, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौं, । उप्रपधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता भएको छ । सरकारले कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुनेजस्ता माग राखेर गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका पुन र उप्रधानमन्त्री खड्काबीच आइतबार छलफल भएको हो । रक्षा मन्त्रालयमा मुख्यसचिव शंकरदाश वैरागीसमेत सहभागी छलफलमा […]

लोकतन्त्रको रक्षा चुनौती बन्दै : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ, । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा माओवादी केन्द्रको मुख्य कार्यभार रहेको बताएका छन् । महोत्तरीमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रलाई असफल बनाउन खोज्ने प्रतिगमनकारीहरु प्रयासलाई असफल बनाउनुपर्ने चुनौती रहेको बताए । ’शान्तिप्रक्रियाको महत्त्वपूर्ण कार्यभार राजनैतिक परिवर्तन नै गरिसकेका छौँ र बाँकी संक्रमणकालिन न्यायका विषयहरु बाँकी छन,झ उनले भने । माओवादीले सामाजिक, आर्थिक […]

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने बालुवाटार पुगेका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले चितवन २ को उपनिर्वाचनमा विजयी भएका लामिछानेलाई बधाई दिउका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाउनुभएको लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः निर्वाचित भए । निर्वाचित भएर आएसँगै […]