बेत खेतीबाट मात्रै ५० लाख आम्दानी

कैलालीको सत्ती कर्णाली सामुदायिक वनले बेतखेतीबाट वर्षेनी ५० लाख रूपैयाँ आम्दानी गर्दै आएको छ । टीकापुर नगरपालिका–७ स्थित उक्त सामुदायिक वनले १४८ हेक्टर जमीनमा बेतखेती गरेको र यसबाट वर्षेनी ५० लाखभन्दा बढी आम्दानी गर्दै आएको हो । सामुदायिक वनले चार वटा प्लट बनाएको र चार वर्षमा एक पटक तयार हुने बेत वर्षेनी एक–एक प्लटको बेच्ने […]

युवाहरुलाई दुई दिने पैरबी तालिम

कैलालीको घोडाघोडी नगरपालिकाका युवाहरुलाई दुई दिने पैरबी तालिम दिईएको छ । जेठ २१ र २२ गते सम्म सुखडमा पैरबी तालिम संचालन भएको थियो । पलान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र ओरेक नेपालको आयोजनामा पैरबी तालिम दिईएको हो । घोडाघोडी नगरपालिका वडा नम्बर १ देखी १२ सम्मका ३५ जना युवाहरुको तालिममा सहभागीता रहेको थियो । परिर्वतनको […]

आत्मरक्षा सिक्दै किशोरी

आत्मरक्षा कला जानिसकेकी भोटेकोसी गाउँपालिका मार्मिङगाउँकी डोल्मा लामा आफ्नो सुरक्षाप्रति सचेत छिन् । मार्मिङ आधारभूत विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीया डोल्माले ‘किक बक्सिङ र ब्लक प्रहार’ रोक्ने जानकारी लिएपछि उत्साहित छिन् । ‘आत्मविश्वास झनै थपिएको छ, आफ्नो सुरक्षाबारे एकदमै ढुक्क बनेकी छु, आक्रमण कसरी रोक्ने भन्नबारेमा प्रस्ट जानिसकेकी छु,’ आक्रमण रोक्ने दुई ‘स्टेप’ देखाउँदै उनले […]

दुर्गममा सेवा फैलाउँदै टेलिकम

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले हालै रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा शुभारम्भ गरेको छ । हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पुर्‍याउन सफल भएको हो । कम्पनीले ४ हजार २९० मिटर उचाईमा अवस्थित रसुवाको पाङसाङ […]