गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, साँझ शपथ

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन् । विश्वकर्मालाई  विना विभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए । उनका अनुसार डोबाटेको शपथ साँझ पाँच बजेका लागि […]

मनोज गजुरेलले कसे लगनगाँठो

काठमाडौं : हाँस्यकलाकार मनोज गजुरेलले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विहे गरेका छन् । फेसबुकमार्फत उनले आफ्नो विहेका तस्विर र वक्तव्य समेत सार्वजनिक गरेका छन् । आज बिहान भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा मनोज र मञ्जुले विहे गरेका हुन् । परिवारको उपस्थितीमा उनीहरुले विहे कार्यक्रम सम्पन्न गरेका थिए । मनोज र पूर्वपत्नी मीनाबीच चारवर्षअघि कानूनीरुपमै सम्बन्ध विच्छेद […]

जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

धनगढी : अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय […]

महँगियो च्याङ्ग्रोको भाउ

बागलुङ : आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आइपुगे । वडा दसैँमा च्याङ्ग्राको माग उच्च छ । त्योसँगसँगै च्याङ्ग्राको भाउ पनि निकै महँगिएको छ । यस पटकको दसैँमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा बागलुङ भित्र्याएका हुन् । जिल्लाका एक दर्जन व्यापारी दसैँका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने […]

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

हेटौडा : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिन लागेकी छन्। नेकपा (एमाले) विभाजन भएर १३ सांसद नेकपा (एकीकृत समाजवादी) मा लागेपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ। उनले आफूमाथि संसद्को विश्वास रहेको पुष्टि गर्न आज प्रदेश सभामा विश्वासको मत लिन लागेकी हुन्। आज अपराह्न ३ बजे प्रदेश सभाको नवौ अधिवेशन आह्वान […]