सुदूरपश्चिममा ओल्के पर्व मनाउदैँ

आज भाद्र सङकान्ति सुदूरपश्चिमका नौवटै जिल्लामा ओल्के पर्व मनाईएको छ । विषु खानु मरुलो भनि ओलके खानु बाचुलो भनी भन्ने कथन अनुसार ओल्के पर्व मनाइएको हो । आजको दिनलाई बर्खायामको प्रकोप र महामारीबाट बचेर नया जीवनको प्राप्ती भएको खुशियालीमा ओल्के पर्व मनाईदै आएको जनविश्वास रहिआएको छ । डोटेली भाषामा ओलके भन्नाले उपहार वा कोसेली भन्ने […]

खप्तड महोत्सब सम्पन्न हुँदै

तस्बिर : डीवि विष्ट बझाङ प्रदेश नम्वर ७ को प्रमुख पर्यटकिय गन्तव्यको रुपमा रहेको खप्तड क्षेत्रमा सुरु भएको खप्तड महोत्सब आज गंगा दशहरा मेलाको दिन सम्पन्न हुदैछ । डोटी,अछाम बझाङ्ग र बाजुरा जिल्लाको मध्यभागमा २२५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थल खप्तडमा हरेक वर्ष आयोजना हुने खप्तड महोत्सब यस वर्ष पनि संचालन […]

कपिलवस्तुमा थारुहरु माघी महोत्सबको तयारी गर्दै

कपिलवस्तुमा माघी महोत्सव हुने भएको छ । पुस २७ देखि २९ गतेसम्म जिल्लाको गोरुसिङ्गेस्थित आफ्नो सभाहलको प्राङ्गणमा आठौँ माघी महोत्सव सञ्चालन हने भएको छ । भव्यरुपमा सम्पन्न गर्न सभाका अध्यक्ष जञ्जिरप्रसाद थारुको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । १६ वटा विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सवमा थारु जातिको भाषा, कला, […]

मल्लकालीन शैली,स्वरुपमा निर्माण हुँदै रानीपोखरी

काठमाडौँ । रानीपोखरीको पुनः निर्माण मल्लकालीन शैली, स्वरुपअनुसार गरिने भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप निर्माण गर्ने निणर्य गरेको हो । प्रमुख र उपप्रमुखबीच निर्माणको विषयलाई लिएर विवाद भएपछि बसेको बैठकले पोखरी पुनः निर्माणका लागि अध्ययन गरी १५ दिनभित्र सुझाव […]

संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक

काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताइएको छ । ज्यापू संस्कृति विकास कोषले आयोजना गरेको १४औँ राष्ट्रिय ज्यापू दिवसमा नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताइएको छ । भाषामा एकदमै धनी रहेका ज्यापू समुदायको कला, संस्कृतिको संरक्षणका लागि […]