भदौ १ गतेदेखी खुल्ने भयो हवाइ उडान

कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै बन्द भएका व्यावसायिक हवाइ उडान करिब पाँच महिनापछि खुल्ने भएको छ ।सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । यसअघि सरकारले चैत ९ देखि अन्तर्राष्ट्रिय उडान र ११ देखि आन्तरिक तर्फका व्यावसायिक उडान बन्द […]

एनआईसी एशिया बैंकले ल्यायो सुपर चमत्कारिक कर्जा

एनआईसी एशिया बैंकले बिभिन्न कर्जामा व्याज दरमा भारी छुट सहितका आकर्षक योजनाहरु ल्याएको छ । सुपर चमत्कारिक नाम दिइएको यो सुबिधा सवारी, व्यवसाय र घर कर्जामा लागु हुने एनआईसी बैंकका प्रादेशिक प्रमुख टेकराज भट्टले बताए । सुपर चमत्कारिक योजना अन्तर्गत बैंकले ८ दशमलव २५ प्रतिशत व्याजदर तथा शुन्य दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा उपलब्ध […]

पाँच लाख निजी आवासको पुनर्निर्माण सकियो

१२ वैशाख २०७२ सालको भूकम्पबाट भत्किएका घरको पुनर्निर्माण अन्तर्गत ५ लाख घर निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार घर पुनर्निर्माणका लागि ७ लाख ८६ हजार १ सय ४४ घरधनीले अनुदान सम्झौता गरेका […]

गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा आउने

सुदूरपश्चिम प्रदेशको मेडिकल शिक्षाको भविष्यसँग जोडिएको गेटा मेडिकल कलेज सञ्चालनका लागि गृहकार्य थालिएको छ । सकेसम्म चाँडै मेडिकल सञ्चालन गर्ने लक्ष्यका साथ गृहकार्य थालिएको हो । हालसम्म निर्माणाधीन अवस्थामा रहेको मेडिकल कलेजमा आर्थिक वर्ष २०७७/०७८ देखि पढाइ सञ्चालन गर्ने लक्ष्य छ । मेडिकल कलेजको न्यूनतम पूर्वाधार र आवश्यक संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने भएकाले […]

फुर्सदको समयमा ढकिया बुन्दै थारु महिला

पछिल्लो समयमा लोप हुँदै गएको ढकिया कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बञ्जरियाका थारु महिलाहरुले भने ढकिया बुन्ने कामलाई निरन्तरता दिँदै आएका छन् । उनीहरु व्यवसायिक रुपमा नभए पनि फुसर्दको बेला घरभित्र बसेर ढकिया बुन्ने गर्छन् । ढकिया विशेषगरी घरायसी सामान राख्नका लागि प्रयोग गरिन्छ । ढकियाको प्रयोग अन्य समुदायमाभन्दा थारु समुदायमा बढी हुने गरेको छ । तस्बिरः […]