भूकम्प पीडितलाई एक लाख सहयोग गर्ने एमालेको घोषणा

धनगढी : नेकपा एमाले डोटीले भूकम्प पीडितलाई एक लाख सहयोग गर्ने घोषणा गरेको छ । जिल्ला कमिटी डोटीले भूकम्पपीडितलाई राहत र उद्दारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लले भूकम्प पीडितहरुको उद्दार र राहतमा सहयोग पुगोस् भनेर उक्त रकम सहयोग गर्ने निर्णय गरेको […]

डोटीमा भूकम्पबाट ६ जनाको मृत्यु

डोटी : डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो। भूकम्पमा परी सोही ठाउँका पदम बोहराको घर भत्किदा उनकी श्रीमती भगवतीदेवि बोहरा, उनको छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको […]

कंचनपुरको बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालन

कंचनपुर : बेलडाँडी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । सर्पदंश लागेका बिरामीको उपचारका लागि बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए । “सर्पदंश, बिच्छी लगायतका विषालु कीराले काट्दा उपचारका […]

प्लास्टिकका माला प्रतिबन्ध भएपछि सयपत्री फूलको माग बढ्यो

कंचनपुर : सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ । तिहार सुरु भएसँगैै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका फूल व्यवसायी जनक सिंहले बताए । उहाँले यस वर्ष सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि बाहिरी जिल्लाबाट समेत फूलको माग बढेको बताए । “विगतका वर्षहरुमा भन्दा अहिले फूलको माग […]

कैलालीमा थ्रेसरमा कपडा बेरिएर महिलाको मृत्यु

धनगढी : कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका ३ भर्रीटोलकी ४५ वर्षीय बिना चौधरीको थ्रेसरमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले आफ्नै घर नजिकै खेतमा धान थ्रेसरमा बेरिएर मृत्यु भएको बताए । उनका अनुसार चौधरीको टाउकोमा बाँधेको पटुकी थ्रेसरमा […]