गाईखुरे झरनामा पर्यटकको आकर्षण बढ्यो

लमजुङ : चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्ने रहर यहाँ पुग्ने सबैलाई हुन्छ । डुम्रे-बेसीसहर सडकखण्डको छेउमै पर्ने बेसीसहर नगरपालिकाको उदिपुरमा रहेको गाईखुरे झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ ।  पौडी खेल्न र नुहाउन मात्र होइन, साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ गाईखुरे झरना । कोही पौडी खेल्न, कोही नुहाउन […]

चौंरी गोठालाले पत्ता लगाएको आकाशे ताल अवलोकन गर्न गए वडाध्यक्ष

जुम्ला : प्रकृतिको काखमा रहेका धेरै ताल अझै पनि ओझेलमा परेका छन्। मानव समाजको पहुँचबाट धेरै टाढा रहेका तालहरूको संरक्षणमा  कुनै निकयको ध्यान जान सकेको छैन । भौगोलिक विकटता, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज अनुसन्धानको कमीका कारण ती तालको संरक्षण नभएको हो । जसकारण धेरै ताल गुमनाम अवस्थामा छन् । प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू […]

रुपातालमाथिको झोलुङ्गे पुल पर्यटकका लागि नयाँ गन्तव्य

पोखरा : पोखराको प्रमुख ताल रुपामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटकीय आकर्षणका लागि तालमाथि पुल बनाइएको हो । २ सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि पर्यटकको आकर्षण तालमा परेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ र रुपा गाउँपालिका वडा नम्बर ६ जोड्ने गरी पुल निर्माण गरिएको हो । पुलको उद्घाटन नहुँदै […]

शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

महेन्द्रनगर । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव २०७७ सुरु भएको छ । सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य स्थलका रुपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवर्द्धन गर्ने उद्देश्यले २०७३ सालदेखि आयोजना हुँदै आएको महोत्सव आइतबारदेखि सुरु भएको भिमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन महोत्सव आयोजना गरेको उनले […]

घुम्ने होइन त शुक्लाफाँटा ?

धनगढी । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो निकुञ्ज अवलोकनका लागि स्थानीय तथा बाह्य पर्यटकहरुकोे रोजाइको क्षेत्र हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा सिकार आरक्षको रुपमा स्थापना भई २०३२ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षको रुपमा घोषणा गरिएको थियो । पछि […]