समलिङ्गी विवाह सम्बन्धमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । समलिंगी विवाहलाई वैधता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक र अधिकारको क्षेत्रमा वकालत गर्दै आएको मितिनी नेपाल र महिला कानुन तथा विकास मञ्चले संयुक्त रूपमा दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो । […]

यौनिक अल्पसंख्यक समुदायका मुद्धा चुनावी घोषणा पत्रमा समाबेश गर्न माग

धनगढी : शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाका रूपमा मान्छ या कोही शारीरिक रूपमा महिलाका रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबमा आफूलाई पुरुष ठान्छ भने ती व्यक्तिहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय भित्र पर्दछन्।  शरीर एक र आत्मा अर्को भएर जन्मनुमा न त उनीहरुको दोष हुन्छ न त […]

समलिंगी प्रेम कथाको ‘मिरा’ सार्वजनिक

काठमाडौं : समलिंगी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मिरा–दी टेल्स अफ लाइफ’ युट्युबमा सार्वजनिक भएको छ । युट्युब च्यानल आश्वी फिल्म्सबाट सर्ट फिल्म रिलिज गरिएको हो । फिल्ममा दुई युवतीले प्रेम आफैंमा यस्तो सुन्दर शब्द छ, जुन शब्दले जीवन नै परिवर्तन बनाइदिन्छ भनेर देखाउन खोजेका छन् । अनिता पण्डितको डेब्यु निर्देशन रहेको फिल्ममा अनिताकै छायाङ्कन […]

लिजा लिम्बुद्वारा ब्लू डाइमण्ड सोसाइटीलाई आर्थिक सहयोग

काठमाडौं : बेलायतमा बस्दै आएकी तेस्रोलिङ्गी महिला लिजा लिम्बुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको हकहितमा क्रियाशील संस्था ब्लू डाइमण्ड सोसाइटीलाई आर्थिक सहयोग गरेकी छन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको पक्षमा वकालत गर्दै आएका देशभरका विभिन्न संघसंस्थामा इन्टरनेटको पहुँच विस्तारका लागि भन्दै समाजसेवी लिम्बुले सोसाइटीलाई ४५ हजार रुपैंयाँ नगद सहयोग गरेकी हुन् । सोमबार सोसाइटीको […]

सुदूरपश्चिम समाजको १४ औं साधारणसभा सम्पन्न

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुदूरपश्चिम समाजको १४ औं साधारणसभा सम्पन्न भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चित गर्ने उदेश्यले स्थापना गरिएको  समाजको शनिबार १४ औं साधारणसभा सम्पन्न भएको हो । समाजको कार्यालयमा सम्पन्न साधारणसभाले करुणा नेपालकको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । उपाध्यक्ष कृति […]