चुँदारा समुदायको पेसा संकटमा

गुल्मी । गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय संकटमा परेको छ। चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए। आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका सामग्री आउन थालेपछि परम्परागत हातले बनाएका काठका सामग्रीको प्रयोग घटेको मालिका गाउँपालिकाको घमिरका नरबहादुर कार्कीले बताए। आयातित […]

मौरीपालन व्यवसायबाट मनग्य आम्दानी

गलकोट । अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छन् । उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो । उनले भनिन्,’बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेककी हुँ । यसमा श्रीमान्को साथ र सहयोग पनि रहेको छ ।’ अहिले पाठककको मौरीफार्ममा ४५ मौरीसहितका घार छन् । उनले ले बाख्रापालनभन्दा मौरीपालनबाट राम्रो आम्दानी भएको […]

हिउँमै भेडीगोठ

ढोरपाटन । समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ। वरपर सेताम्य हिउँ। चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने। माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल। त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ। करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान। नजिकै मध्यपहाडी लोकमार्ग। दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर गर्छन्। ती गाडीका आवाजमले भेडीगोठालेलाई […]

रामेछापका किसानलाई जुनार बेच्न भ्याइनभ्याइ

रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उहाँले बताउनभयो । तामाङले भन्नुभयो– “बजारको समस्या छैन ।” व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उहाँको भनाइ छ । जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन । धेरैजसो […]

सुन्तला बेचेर एकै सिजनमा ४५ लाख रूपैयाँ आम्दानी

स्याङ्जा । स्याङ्जाका एक किसानले यसवर्ष मात्रै सुन्तला बिक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । पुतलीबजार नगरपालिका–१० राङखोलाका  किसान मुक्ति अधिकारीले सुन्तला बेचेरै उक्त आम्दानी गरेका हुन् । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु.५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु.८९ मा बिक्री भइरहेको सुन्तला उनले बताए । ‘बगैँचामा रहेको सुन्तला […]