सुदूरकी कान्छी सांसद गीता चौधरी

कञ्चनपुर । महिला सशक्तिकरणको आवाज बुलन्द गर्दै आएकी कृष्णपुर नगरपालिका–६ सिंहपुरकी ३२ वर्षीया गीता चौधरी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य बनेकी छिन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यमा उनी सबैभन्दा कान्छी सदस्य हुन् । निकै आरोह–अवरोह पार गर्दै चौधरी प्रदेशसभामा पुगेकी हुन् । गाउँको महिला समूहमा आबद्ध भएर छलफल र बहस गर्दागर्दै उनी समाजको नेतृत्व गर्ने तहमा […]

डोटीमा सुरक्षित गर्भपतन गराउँने बढे

डोटी । डोटी जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउँने महिलाको संख्या बढ्दै गएको छ ।सुरक्षित गर्भपतन सेवालाई नेपाल सरकारले कानूनी मान्यता दिएपछि अहिले जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाको संख्या बढेको हो । सुरक्षित गर्भपतन सेवालाई सरकारले २०५९ असोज १० गते कानूनी मान्यता दिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर अधिकृत सूर्य विष्टले […]

चुँदारा समुदायको पेसा संकटमा

गुल्मी । गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय संकटमा परेको छ। चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए। आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका सामग्री आउन थालेपछि परम्परागत हातले बनाएका काठका सामग्रीको प्रयोग घटेको मालिका गाउँपालिकाको घमिरका नरबहादुर कार्कीले बताए। आयातित […]

हाम्रा अधिकार खोसिँदै गएको श्रमिको गुनासो

काठमाडौँ । आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाल तथा विश्वभर छरिएर रहेका श्रमिकलाई शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना […]

विभेद विरुद्ध जनचेतनामूलक कार्यक्रम

डोटी : ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आज डोटीको एक सामुदायिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दिपायल सिलगढी नगरपालिका-५ बागठाटास्थित श्री महेन्द्र आधारभुत बिद्यालयका बिद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो । समता फाउण्डेशनको सहकार्यमा आयोजना गरिएको अन्तरक्रियामा बिद्यालयका प्रअ धर्म सिंह बिश्वकर्माले जातीय विभेद तथा छुवाछुत हिन्दु बर्ण व्यवस्थामा आधारित जात व्यवस्थाले […]