नवगठित समाजद्वारा अस्पताललाई सहयोग


  २५ भाद्र २०७४, आईतवार ०५:०६

भोजपुर, २५ भदौ । नवगठित भोजपुर हातेमालो समाज युएईले  अस्पताललाई आर्थिक सहयोग गरेका छन् । 

भोजपुरबाट वैदेशिक रोजगारीका लागि युएई गएका युवाको सक्रियतामा गठित समाजले जिल्ला अस्पताललाई सहयोगार्थ ह्विलचियर खरिदका लागि एक लाख दिने भएका हुन् ।

जिल्लामा आइपर्ने प्राकृतिक तथा दैवी विपत्ति र जिल्लाको विकासमा सहयोग पु¥याउने उद्देश्यले समिति गठन गरेको संयोजक ज्ञानेन्द्र राईले बताए ।

शुक्रबार समाजको एक कार्यक्रमबीच युएईमा औपचारिकरुपमा उद्घाटन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *