पत्रकार सुवेदी सम्मानित

समताखबर
  ४ आश्विन २०७४, बुधबार ०४:२९

नवलपरासी । युवा पत्रकार एवं राससकर्मी पुरुषोत्तम सुवेदी सम्मानित भएका छन् । 

भोजपुरी पत्रकार मञ्चले नवलपरासीमा मंगलबार एक कार्यक्रमबीच सुवेदीलाई सम्मान गरेको हो । समाज रुपान्तरणका लागि पत्रकारितामार्फत खेलेको महत्वपूर्ण भूमिकाको उच्च मूल्यांकन गर्दै मञ्चले सम्मान गरेको हो ।

पत्रकार सुवेदीलाई सम्मानपत्रका साथै दोसल्लाबाट मञ्चका अध्यक्ष विक र पत्रकार लक्ष्मी हरिजनले संयुक्तरुपमा सम्मान गरेका थिए ।
सम्मान ग्रहणपछि बोल्दै पत्रकार सुवेदीले यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको महसुस गरेको बताउँदै आगामी दिनमा अझ पेशाको उद्देश्य र भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुवेदी हाल राष्ट्रिय समाचार समिति अञ्चल कार्यालय बुटवलमा सहायक समाचारदाताको रुपमा कार्यरत रहेका छन् । विगत १४ वर्षदेखि विभिन्न सञ्चारमाध्यममा कार्यरत रहदै आएका हाल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *