
बाग्लुङ जिल्लामा गएको आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले महबाट एक वर्षमा करिब ३ करोड रुपैयाँ आर्जन गरेका छन् । जिल्लामा व्यावसायिक मौरीपालनसँगै बर्सेनि महको उत्पादन बढिरहेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष महको उत्पादन पाँच टन बढी भएको जिल्ला कृषि कार्यालयले जनाएको छ । उत्पादित मह प्रतिकिलो ९ सय देखि १ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।
यस जिल्लामा दुई वर्षअघि २० जना व्यावसायिक मौरीपालक किसानले जनही १ लाख २० हजारका दरले सरकारी अनुदान पनि पाएका थिए । कृषि विकास मन्त्रालयको युवा लक्षित कार्यक्रमअन्तर्गत अनुदान पाएपछि किसानले मौरीपालन पेसालाई अझ विस्तार गरेका छन् ।बाग्लुङ जिल्लामा गएको आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले महबाट एक वर्षमा करिब ३ करोड रुपैयाँ आर्जन गरेका छन् । जिल्लामा व्यावसायिक मौरीपालनसँगै बर्सेनि महको उत्पादन बढिरहेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष महको उत्पादन पाँच टन बढी भएको जिल्ला कृषि कार्यालयले जनाएको छ । उत्पादित मह प्रतिकिलो ९ सय देखि १ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।
यस जिल्लामा दुई वर्षअघि २० जना व्यावसायिक मौरीपालक किसानले जनही १ लाख २० हजारका दरले सरकारी अनुदान पनि पाएका थिए । कृषि विकास मन्त्रालयको युवा लक्षित कार्यक्रमअन्तर्गत अनुदान पाएपछि किसानले मौरीपालन पेसालाई अझ विस्तार गरेका छन् ।
Leave a Reply