थानकोट डिपोमा आपूर्ति राज्यमन्त्रीको छड्के

समताखबर
  १६ भाद्र २०७४, शुक्रबार ०६:१७

काठमाडौं । चाड पर्ब नजिकिदै जादा उपत्यकाको पेट्रोलियम पदार्थ आयात तथा बिक्रि वितरणको अवस्था बुझ्न बिहिबार आपूर्ति राज्य मन्त्री कर्ण बहादुर बि.क सहितको टोलीले नेपाल आयल निगमको थानकोटस्थित डिपोको निरीक्षण तथा अनुगमन गरेको छ । राज्यमन्त्री बि.क ले आकस्मिक रुपमा डिपोको निरीक्षण गरेका हुन् ।
राज्यमन्त्री बि.कले अनुगमन गरी सहज आपूर्ति र गुणस्तर कायम गर्न डिपो प्रमुख लाई निर्देशन दिएका छन् । अनुगमनको क्रममा राज्यमन्त्री बि.क ले भण्डारण क्षमता स्तरोन्नतीका लागि प्रकृया शुरु गर्ने बताए । मन्त्री बि।क ले डिपोको ल्याब तथा अन्य पार्किङ्ग लगायातका समस्यालाई तत्काल सम्बोधन गरेर गरेर बजारमा छिटो इन्धन पुर्याउन र उपभोक्तालाई सहजरुपमा वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
निरीक्षणका क्रममा राज्यमन्त्री उनले डिपो प्रमुख तथा अन्य कर्मचारीलाई सेवाग्राहीहरु प्रति जवाफदेहि, पारदर्शी र प्रभावकारी ढंगबाट सेवा प्रबाह गर्न निर्देशन दिएका थिए । सो क्रममा डिपो प्रमुख नेत्र काफ्लेले वितरण लगायत डिपोमा रहेका अन्य विविध समस्याका बारेमा जानकारी गराएका थिए । सोहि कार्यक्रममा बोल्दै राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल आयल निगमका अध्यक्ष गोपालचन्द्र राईले निगममा हाल रहेका विभिन्न समस्याका बारेमा राज्य मन्त्रीलाई जानकारी गराउदै डिपो मर्मत तथा स्तर उन्नतिका लागि राज्य मन्त्री बिकलाई आबश्यक सहयोग गरिदिन आग्रह गरेका थिए ।
भदौ १६ गते, २०७४ – ०९:१९ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *