
घिसिङ ललितपुर जिल्लाबाट माओवादी केन्द्रको समानुपातिक सांसद थिए । संविधान संशोधन प्रस्तावमा पार्टीले ह्विप जारी गर्दा समेत घिसिङले त्यसको उल्लंघन गर्दै मतदान नगरेको घिसिङमाथि अारोप लागेको थियो । पार्टीका तर्फबाट सांसद बन्ने तर संसदीय दलको निर्णय नमान्ने घिसिङको प्रवृत्तिका कारण उनीमाथि कार्वाही गरेर निश्कासन गर्ने तयारी पार्टीले अघि सारेको थियो । “ललितपुर जिल्ला पार्टीले उनलाई यसअघि नै निष्काशन गरेको थियो” माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन्, “प्रदेश र जिल्लाले उहाँमाथि कार्वाहीको सिफारिस पार्टीसमक्ष गरेको थियो ।
हामीले कार्वाहीको प्रक्रिया अगाडि बढाएको बेला वहाँको राजीनामा आएको सुनियो ।” पार्टी नीति, विधिविपरीत काम गरेको भन्दै माओवादी केन्द्रको ललितपुर जिल्ला कार्यसमितिले समेत गत बैशाख २० गते घिसिङलाई पार्टी नीति, विधि विपरीत स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार उठाउने, पार्टीको हितविपरीत गतिविधि जारी राखेकोले साधारण सदस्यसमेत नरहने गरी हटाएको हो ।
माओवादी ललितपुर जिल्ला सदस्य समेत रहेका घिसिङलाई पार्टीले सांसद पदबाट समेत निष्काशन गर्ने निर्णय गरिसकेको थियो ।
Leave a Reply