
विराटनगर ,कादौ १६ । माओवादी केन्द्र एक नम्बर प्रदेशको बैठकले गोपाल किरातीलाई प्रदेशको मुख्यमन्त्री उम्मेद्वार बनाउन सिफारिस गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्य्रको मंगलबार सम्पन्न प्रदेश सचिवालय बैठकले प्रदेश इन्चार्ज रहेका नेता किरातीलाई मुख्यमन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश निर्वाचनका लागि घोषणापत्र पनि पारित गरेको छ ।
यसैगरी नेता किरातीको संयोजकत्वमा सुरेश राई, शिवकुमार मण्डल, मुक्साहाङ मेन्याङबो र १४ जिल्लाका इन्चार्ज रहेको निर्वाचन परिचालन समिति पनि गठन गरेको प्रदेश संयोजक सावित्रीकुमार काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार सचिवालय बैठकले प्रदेशको पार्टी संगठन विभाग, जनवर्गीय संगठन विभाग र मोर्चा संगठन विभाग गठन गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रको सचिवालयको आगामी १६ र १७ भदौमा बस्ने बैठकपछि थप उपसमिति निर्माण गर्दै पूर्ण रपले निर्वाचनमा होमिने संयोजक काफ्लेले बताए ।-नयाँ पत्रिकाबाट
Leave a Reply