सोल्टिनी लिएर विल्सन विक्रम सिखाली चौर

समताखबर
  १६ भाद्र २०७४, शुक्रबार ०८:३७

काठमाडौ – पछिल्लो समयका चर्चित र व्यस्त गीतकार राम रेप्चुङ राईको शब्दरचना तथा नेपाली तारा सिजन–३ का फस्ट रनरअप देबेश राई र ‘नेपाल आईडल’ टप–७’ प्रमिला राईको स्वर रहेको ‘भेटै भयो सोल्टीज्यू…’ को भिडियो बुधबार सिखाली चौर र त्यस आसपासमा छायांकन गरिएको छ ।
देबेशकै संगीत रहेको उक्त पुर्बेली लोक आधुनिक गीतको भिडियोमा विल्सनविक्रम राई ‘तक्मे बुढा’ र अभिनेत्री रेखा फागो ले अनय गरेका छन् । भिडियोमा  अभिनेत्री रेखा तक्मेकको सोल्टिनी बनेकी छन् ।
नेपाली चलचित्र ‘तारेभीर’मार्फत चर्चामा आएकी अभिनेत्री रेखा र चर्चित हाँस्य अभनेता विल्सन ‘तक्मे बुढा’लाई भिडियोमा उतार्दै थिए, पत्रकार एमपी सुब्बा ।
गीतको भावना अनुसार तक्मेलाई लजाुलु स्वभावको सोल्टाको भूमिकामा उतारेको निर्देशक सुब्बाले बताए । भिडियोमा तक्मे बुढा र अभिनेत्री रेखाको जोडी निकै जमेको समेत उनले बताए ।
तेह्रथुमे ढाका बुटिक तथा निरु आङबुङले तयार गरेको पहिरनमा प्रस्तुत भएका विल्सन अर्थात तक्मे बुढालाई सुन्दर रुपमा उतार्नेका काम छायांकार राम केसीले गरे  ।
कर्णप्रिय गीत, सुन्दर लोेकेशन अनि छायांकनका कारण भिडियो निकै उत्कृष्ट बन्ने दावी निर्देशक एमपी सुब्बाले गरेका छन् । नेपाली आईडल टप–७  बाट बाहिरिएकी प्रमिलाको यो पहिलो म्युजिक भिडियो हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *