
रोजेन्द्र जोशी डोटी २५ भदौ
शिखर नगरपालिका ८ तिलताली बर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिर बहादुर बलायरको गाउँ हो । तिलतालीमा दुई बर्षदेखी लगातार बाढी गाउँ पस्दा बस्तिनै जोखिमा परेको छ । गत बैशाख २७ गते गाउँमा बाढी पस्दा १५० घरधुरीमा कोलाहल मच्चिएको थियो । बाढीले गाउँनै बगाउने खतरा बढेपछि दलित बस्तीनै अन्यत्र सार्नु परेको थियो । दलितहरु गाउँ नजिकै १० दिन पाल टागेर बसेका थिए ।बाढी गाउँ पस्दा धेरैको ठूलो मात्रामा धनमाल र बस्तुचौपाया मरेका थिए ।
बाढीका कारण ५० रोपनी भन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । भने ५० रोपनी जमिन खण्डहर बनेको छ । बैशाख २७ गतेको बाढीले ठूलो धनमाल,बस्तुचौपायासंगै घरहरुमा चिरा परेपछि तिलतालीबासीहरु अहिले पनि त्रसित बनेका छन् । बाढि पिडित तिलतालीबासीहरुले उचित ब्यवस्थापन र राहतका लागि पटक पटक सरकारी निकायलाई गुहार्दा पनि पिडितहरुको पिडामा कसैले मलम लगाउन सकेको छैन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिर बहादुर बलायरको गाउँ पनि तिलतालीनै हो । मन्त्री बलायरसंग पनि पिडितहरुले माग पुरा गर्न अनुरोध गरि सकेका छन् । मन्त्री बलायरले तत्काल बजेट बिनियोजन गर्न लगाउने आश्वासन दिएको पिडितहरुको भनाई छ ।
आफुहरुको समस्यालाई सरकारले बेवास्ता गरेको पिडितहरुको गुनासो छ । माग पुरा गर्न पटक पटक पहल गर्दा पनि पुरा नभएपछि माग पुरा गर्नका लागि पत्रकारहरुसंग आग्रह गरेका छन् । शनिबार जिल्ला सदरमुकाम सिलगढीमा पत्रकार सम्मेलन गरि बाढी पिडितहरुले आफ्ना मागहरु पुरा गर्न सम्पूर्ण पत्रकारहरुले पहल गरि दिन आग्रह गरेका छन् । सो क्षेत्रमा रहेको बण्डा खोलामा २०७३ साल देखी निरन्तर रुपमा पटकपटक बाढीका कारण ठुलो धनमालको क्षति हुदा समेत उचित ब्यवस्थापन हुन नसक्दा आफुहरु समस्यामा परेको भन्दै पत्रकार सम्मेलन गर्नु परेको वण्डा खोला बाढी पिडित संघर्ष समितिका संयोजक महादेव बलायरले बताए ।
२०७३ बैशाख २६ गते पहिलो पटक, जेठ ३ गते र जेठ ९ गते तेस्रो पटक बाढि गाउँ पसेको थियो भने २०७४ बैशाख २७ गते चौथो पटक बाढी गाउँ पसेको थियो । वण्डा खोलामा बाढी आउदा तिलतालीका १५० घरधुरी बाढीबाट पिडित बनेका हुन् । बाढीका कारण ३० रोपनी खेतीयोग्य जमिन पूर्ण रुपमा बगरमा परिणत भएको छ । ५० रोपनी भन्दा बढी जमिन खण्डहरमा परिणत भएको पिडितहरुले बताए ।
१५० घरधुरीमध्ये ४७ परिवार दलित रहेको र जोखिमयुक्त दलित बस्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण नभए ठुलो धनजनको क्षति हुन सक्ने भएकोले सरकारको जतिसक्दो चाडो ध्यानकेन्द्रीत हुनुपर्ने बताइएको छ । पत्रकार सम्मेलनमा पिडितहरुले उच्च जोखिममा रहेको ६० घर परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गर्नु पर्ने, खोलामा व्यवस्थित रुपमा तटबन्धन निर्माण गरिनु पर्ने, बस्ती भन्दा माथि रहेको शाखा सडकमा बग्ने पानीको निकासको व्यवस्था मिलाउनु पर्ने लगायतका पाच वटा मागहरु रहेका छन् ।
आफुहरुले पटक पटक आफना मागहरु सरकार समक्ष राखेको तर अहिलेसम्म माग पुरा हुन नसकेकाले माग पुरा गराउनका लागि पत्रकारहरुको साहारा लिनु परेको पिडितहरुले बताए । सो गाउँ नेपाल सरकारको पूर्व मन्त्रि भक्त बहादुर बलायर र बर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिर बहादुर बलाएको गाउँ हो ।
Leave a Reply