
जिल्ला स्तरिए बालिका शिक्षा सम्मेलनको पुर्वसन्ध्यामा बिबिध गतिविधि अन्तर्गत आज सदरमुकाम सिलगढीमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । सम विकास केन्द्र नेपालद्धारा संचालित गुणस्तरिय शिक्षा परियोजना अन्तर्गत बालिका शिक्षा प्रवद्र्धनको सवालमा जनचेतना जगाउने उदेश्यले चेतनामूलक सडक नाटकको प्रर्दशन गरिएको हो ।
कलाकारहरु नाटक प्रदर्शन गर्दै
अझै पनि लैगिंक विभेदका कारण बालिकाहरु स्कुल जानबाट वंचित हुनु परेको र विचैमा पढाई छोडनु परेको कथा सडक नाटकमा देखाईएको छ । समाजमा बिद्यमान रुपमा रहदै आएको लैगिक बिभेदका कारण छोराछोरीबीच बिभेद रहेको र बिभेद अन्त्यका लागि बालिका शिक्षा सम्बन्धि जनचेतना जगाउन सडक नाटक प्रर्दशन गरिएको गुणस्तरिय शिक्षा परियोजना संयोजक अधिराज बि.सी.ले बताए ।
संयोजक बि.सी.का अनुसार बालिका शिक्षा अभियानलाई जिल्लाको ग्रामिण बस्तिमा अभियानको रुपमा संचालन गरिएको छ । बालिका शिक्षा तथा लैगिंक सम विकास संजालले आउदो २९ गते सम्मेलनको आयोजना गरेको हो ।
प्रकाशित २५ भदौ २०७४, आइतबार
Leave a Reply