लहानलाई पर्यटकीय नगरका रुपमा विकास गरिने

समताखबर
  २७ भाद्र २०७४, मंगलवार ११:२६

लहान । सिरहाको लहान नगरपालिकालाई सफा, सुन्दर, पर्यटकीय नगर र स्मार्ट सिटीका रुपमा विकास गर्ने विभिन्न पार्टीका तर्फबाट प्रमुख पदका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार अच्छमित चौधरीले सडकको स्तरोन्नति गर्दै सफा, सन्दर र स्वच्छ नगरको रुपमा विकास गर्ने बताए । उनले नगरपालिकाभित्र रहेका मठमन्दिर, पर्यटकीय क्षेत्रको पहिचान गरी संरक्षण, संवद्र्धन गर्ने र खेलकुद क्षेत्रको विकासका लागि रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख पदका उम्मेदवार खड्गनारायण चौधरीले सबै वडालाई सफा, सुन्दर बनाउन विशेष योजना सञ्चालन गर्ने, लहान नगरपालिकाको स्रोत, साधनको सदुपयोग गरी नगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राप्रापाका तर्फबाट प्रमुख पदका उम्मेदवार लगनलाल चौधरीले नगरपालिकामा कृषि पेशालाई आधुनिकीकरण गर्दै किसानका खेतमा सिँचाइ पु¥याउनेतर्फ लाग्ने बताए । उत्पादन भएको फलफूल बजारसम्म पु¥याएर लहान नगर क्षेत्रलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्ने र प्रत्येक वडामा फलफूल संकलन केन्द्र स्थापना गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

संघीय समाजवादी फोरम नेपालका उम्मेदवार वैधनाथप्रसाद साहले लहान नगरपालिकाको स्रोत साधनलाई अधिकतम सदुपयोग गरी स्मार्ट सिटीका रुपमा विकास गर्ने सडक निर्माणसँगै ढल निकासलाई प्राथमिकता दिने बताए ।

फोरम लोकतान्त्रिकका उम्मेदवार विनोदकुमार साहले नगरपालिकाको २४ वाटै वडालाई सफा, सुन्दर बनाउने, प्रत्येक वडामा स्वास्थ्य केन्द्र खोल्ने, लहानमा मेडिकल कलेज स्थापना गर्ने, प्रत्येक वडाका पर्यटक र धार्मिक क्षेत्रको संरक्षण सम्बद्र्धन गर्ने प्रतिबद्धता जनाए ।

राजपाका प्रमुख पदका उम्मेदवार डा.महादेव साहले लहान नगरपालिका क्षेत्रमा ‘एक व्यक्ति एक रुखको’ अवधारणलाई विकास गरी ग्रीन सिटीका रुपमा विकास गर्ने, प्रत्येक वडामा एउटा घरेलु साना उद्योगको स्थापना गरिने आफ्नो एजेण्डा रहेको बताए ।

नेमकिपाका उम्मेदवार विजयकुमार महतोले लहान नगरक्षेत्रमा शैक्षिक मुद्दालाई अगाडि बढाउँदै उच्च माविसम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाउने र स्वास्थ्य सेवालाई वडा वडासम्म पु¥याउन स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *