
ओखलढुंगा,भदौ २७ । नेकपा माओवादी केन्द्र ओखलढुंगाले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको टुंगो लगाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै माओवादीले उम्मेदवारको नाम घोषणा गरेको हो ।
जिल्ला संयोजक मोहनकुमार खड्काका अनुसार प्रदेशसभाको निर्वाचन क्षेत्र नं १ मा रामकुमार कार्की र क्षेत्र नं २ मा मोहनकुमार खड्काको नाम टुंगो लागेको छ । त्यस्तै प्रतिनिधिसभाको लागि भने पार्टीका जिल्ला इन्चार्ज तथा पोलिटब्यूरो सदस्य समेत रहेका बाबुराम गौतमको नाम सर्वसम्मत भएको छ ।
समानुपातिकतर्फ भने संघ र प्रदेशका लागि कुल १७ जनाको नाम सिफारिस गरिएको छ ।
Leave a Reply