
समता अनलाइन संवाददाता,कैलाली २८ भदौ
आर्थिक समृद्धिका लागि नेपालमा बैकल्पिक शक्तीको पार्टी निर्माणको उद्घोष गर्दै शक्ति पार्टी गठन गरेका नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई दिनप्रति दिन एक्लिदै गएका छन् । भट्टराईका एक मात्र बिश्वास पात्र मानिएका नेता देबेन्द्र पौडेलले बाबुरामले नेपाली राजनीतिमा बैकल्पिक शक्तिको नेतृत्व गर्न नसक्ने भन्दै पार्टी छोडेर माओबादी केन्द्रसंग एकता प्रक्रियामा पुरानै घर फर्किएपछि नयाँ शक्ति पार्टी दिनप्रति दिन कमजोर बन्दै गएको छ ।
देबेन्द्र पौडेल नेतृत्वको पार्टी ध्रुबिकरण समितिको निरन्तरता दिदै धेरै जिल्लामा नयाँ शक्ति पार्टीका नेता कार्यकर्ताहरु पार्टी छोडेर माओबादी केन्द्रमा फर्कने लहरै चलेको छ । नेता तथा कार्यकर्ताहरुले पार्टी छोडेर माओबादी केन्द्र फर्कन थालेपछि संयोजक भट्टराई एक्लिदै मात्र छैनन् । दिनप्रति दिन कमजोर बन्दै गएका हुन् ।
माओबादी केन्द्रसंग पार्टी एकताको लागि नयाँ शक्ति पार्टीका सात नं.प्रदेसका दर्जनौ नेताहरुले मंगलबार ध्रुबिकरण समिति बनाएका छन् । समितिले पार्टी एकताको लागि देशब्यापी पहल गर्न ध्रुबिकरण समिति बनाईएको तत्कालिन नयाँ शक्ती पाटीका केन्द्रीय परिषद् सदस्य मिनराज बडुले बताए । ध्रुबिकरण समितिमा नयाँ शक्ति पार्टीका डडेल्धुरा संयोजक टेकराज भट्ट,बैतडी संयोजक कृष्ण बडु (भाष्कर) दार्चुला संयोजक सुशीला सिंह,केन्द्रीय परिषद् सदस्य मिनराज बडु कैलाली, सात नं.प्रदेश महिला संयोजक माया नेगि लगायत केन्द्रीय परिषद् सदस्यहरु सहितको टोलिले सात नं.प्रदेसमा नयाँ शक्ति पार्टीको तर्फबाट ध्रुबिकरण लागि देसब्यापी पहलको सुरुवात थालेका छन् । गत महिना माओबादी केन्द्रसंग पार्टी एकता गरेका नेता देबेन्द्र पौडेल नेतृत्वको पार्टी ध्रुबिकरण समितिको निरन्तरताको रुपमा सात नं.प्रदेश स्तरिय ध्रुबिकरण समिति गठन गरिएको हो ।
Leave a Reply