तीन दिने ब्यवसायिक च्याउ खेति तालिम सम्पन्न

समताखबर
  २९ भाद्र २०७४, बिहीबार ०२:२१

सामुदायिक बिकास केन्द्र डोटीद्धारा संचालित पहल कार्यक्रमको आयोजना र कुलेश्वर टेक्निकल ईन्स्टिच्युट दिपायल डोटीको सहकार्यमा होटल यात्रि प्लाजा दिपायलमा बैकल्पिक जिबिकोपार्जन सम्बन्धि तीन दिने ब्यवसायिक च्याउ खेति तालिम बुधबार सम्पन्न भएको छ ।

२६ गतेबाट सुरु भएको उक्त तालिममा बोगटान र के.आई.सिंह गाउँपालिकाका १८ जना कृषक सहभागी भएका थिए । उक्त तालिम समापन कार्यक्रममा प्रमुख अथिति उधोग बिकास शाखा राजपुर डोटीका उधोग अधिकृत माधब सुवेदी रहनु भएको थियो । समापन कार्यक्रममा बोल्दै उधोग अधिकृत सुबेदीले स्थानीय स्थरमा कम लगानिमा पनि च्याउ खेति गर्न सकिने र अन्य बालिको तुलनामा कम समयमै बढि मुनाफा लिन सकिने बताएका ।

उत्पादित च्याउलाई बजारिकरणको लागि आफुले सरोकारवालाहरु सित पहल गर्ने प्रतिबद्धता जाहेर गरे । ्किसानले उधोग दर्ता गरि ब्यवसाय गरेमा प्रशोघन गर्ने उपकरण सहुलियतमा उपलब्ध गराउने बताए समेत उनले बताए । तालिम समापन कार्यक्रमको अध्यक्षता पहल कार्यक्रमका बैकल्पिक जिबिकोपार्जन अधिकृत योगेन्द्र कठायत रहेका थिए ।

प्रकाशित २९ भदौ २०७४, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *