बालबालिकाको समग्र विकासका लागि कानून बन्दै

समताखबर
  २९ भाद्र २०७४, बिहीबार १०:२४

काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले बालबालिकाको समग्र विकासका लागि जतिसक्दो चाँडो कानून ल्याउने तयारी भइरहेको बताएकी छिन् । 

राष्ट्रिय बाल दिवस २०७४ का अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिद्वारा आयोजित कार्यक्रममा मन्त्री कोइरालाले ऐनको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा छलफल अगाडि बढाइएको र त्यसलाई छिट्टै संसदमा पठाइने जानकारी दिईन् ।

मन्त्री कोइरालाले बाल विवाहलगायत बालबालिकामाथि हुने सबै प्रकारका कुरीति तथा विभेद अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयनका साथै सचेतना आवश्यक भएको बताईन् । महिला, बालबालिका तथा समाजकल्याण समितिका सभापति रञ्जु कुमारी झाले समाज कल्याण परिषदमा सुधार गर्न नयाँ ऐन ल्याउन जरुरी भएको बताईन् ।

कार्यक्रममा जिल्ला बालकल्याण समितिमा कार्यरत केबी राना मगर बाग्लुङ,कैलाश ठाकुर नवलपरासी, मेघराज भट्ट प्यूठान, रामनाथ भट्टराई तनहुँ, पार्वती अधिकारी धादिङ, बद्रीप्रसाद लम्साल मकवानपुर, रामप्रसाद सुवेदी कञ्चनपुर, लालबहादुर ओली बाजुरा, प्रकाश अधिकारी इलाम, लुमनाथ लामिछाने गोरखा, भोलानाथ योगी दाङ, रामबहादुर हायु सिन्धुली र शेरसिंह खड्का कैलालीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने पुरस्कारको राशि जनही २० हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *