मुटुरोगी पत्रकार राईलाई सहयोग जुटाइँदै

समताखबर
  ३० भाद्र २०७४, शुक्रबार ०५:०५

दमक । दमकमा कार्यरत पत्रकारले आफ्ना सहकर्मी धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि सहयोग जुटाउन थालेका छन् । 

विहिबार सम्पन्न भेलाले पत्रकार राईको उपचारमा सक्दो सहयोग गर्न अभियान सञ्चालन गरेका हुन् । भेलाले विष्णु सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय एक सहयोग समिति गठन गरी सहयोग रकम संकलन गर्न थालिएको छ ।

समितिको सदस्यमा कमन देवान, गिरीराज भट्टराई, टीकाराम उप्रेती र दिलकुमार लावती रहेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति समेत रहेका अग्रज पत्रकार राईको एक साता अघि काठमाडौँस्थित शहिद गंगालाल हृदयरोग निवारण केन्द्रमा मुटुको जटिल शल्यक्रिया सम्पन्न भएको थियो ।

थप उपचार गर्न रकम अभाव भएकाले त्यसमा थोरै भएपनि राहत पु¥याउन सहयोग जुटाउन थालिएको र त्यो सहयोग रकम दशैँअगावै पीडित राईसम्म पु¥याउने संयोजक सुब्बाले बताए ।

सुब्बाका अनुसार पत्रकार राईको उपचारमा सहयोग गरिदिन पत्रकार तथा शुभेच्छुकलाई आग्रह गरिएको छ । संकलित रकम दाताको नामावली स्थानीय पत्रिकामा प्रकाशित गरिने संयोजक सुब्बाले जनाए । त्यसमा पत्रकार गिरीराज भट्टराई र सुब्बाले जनही एक हजार सहयोग दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *