
नयाँ शक्ति पार्टी नेपालका सुदूरपश्चिमका केन्द्रीय नेतासहित ६९ जना नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । बामदेव क्षेत्री, ललित सिंह ठगुन्नालगायत नयाँ शक्तिका २१ जना केन्द्रीय कार्यकारी सदस्यसहित ६९ जना धनगढीमा एक कार्यक्रमका बीच माओवादीमा फर्किएका हुन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज लेखराज भट्टले एक कार्यक्रमका बीच नव प्रवेशीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा पूर्व नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी सदस्यहरु ललित सिंह ठगुन्ना (दार्चुला), रविन्द्र सुनार (कञ्चनपुर), मीनराज बडु (कैलाली) र १८ जना केन्द्रीय परिषद सदस्यसहित ६९ जना नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रसंग धुब्रीकरण गरेको घोषणा गरेका छन् ।
केन्द्रीय परिषद सदस्यमा दलबहादुर जिसी (अछाम), लक्ष्मी जोशी (बैतडी), वीरबहादुर गौतम (कैलाली), खगराज भुषाल (कैलाली), हरिप्रसाद जोशी (कैलाली), अनिल चौधरी (कैलाली), अमर सिंह धामी (बझाङ), लौटन चौधरी (कैलाली), हर्कसिंह महरा (दार्चुला), राजेन्द्र भण्डारी (बैतडी), धनिराम ओड (बैतडी), नन्दन सिंह महरा (दार्चुला) रहेका छन् ।
त्यस्तै कैलाली जिल्लाका केन्द्रीय परिषद अन्य सदस्यमा नरेश चौधरी, रामसमझ चौधरी, रामचरण चौधरी, लालबहादुर चौधरी, मनिराम चौधरी, सुनिता चौधरी रहेकी छिन् । धुव्रीकरण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज भट्टले स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।
यसैबीच पूर्वशक्ति नेपालका पूर्वकेन्द्रीय कार्यकारी सदस्यहरु ललित सिंह ठगुन्ना, रविन्द्र सुनार, मीनराज बडुसहितको २१ सदस्यीय धुव्रीकरण अभियान समिति बनाइएको छ । नयाँ शक्ति नेपालको राजनीतिक कार्यदिशा स्पष्ट नभएको, संघर्षवारे स्पष्ट नभएको, राजनीतिक बैचारिक र संगठनिक विधि पद्धतिमा अलमल देखिएको भन्दै आफुहरु नयाँ शक्ति नेपालमा नरहेको घोषणा गरेका छन् ।
प्रकाशित ३० भदौ २०७४, शुक्रबार
Leave a Reply