बन्यजन्तु पिडितलाई राहत बितरण

समताखबर
  ३० भाद्र २०७४, शुक्रबार १३:३०

डोटीमा बन्यजन्तु पिडितलाई राहत प्रदान गरिएको छ । जंगलि जनावरको आक्रमणबाट घाईते भएका तथा पशुचौपायामा क्षती पुगेका चार जनालाई जिल्ला बन कार्यालय डोटीले राहत बितरण गरेको हो ।

बन्यजन्तुले क्षती गरेको भन्दै पुर्बिचौकी गाउँपालिका ३ का डमै चयडा, शिखर नगरपालिकाका कलावती पार्की, बोगटान गाउँपालिकाका ललुदेबी पाठक र पुर्बिचौकी गाउँपालिकाका डमरी कुमारी थापालाई राहत बितरण गरिएको हो ।
डमै चयडाको जंगली जनावरको आक्रमणबाट पशुचौपाया मरेका थिए भने अन्य ३ जना बाघ भालुको आक्रमणबाट घाईते भएका थिए । बन्यजन्तु पिडितलाई १५ हजार देखी ४५ हजारसम्म राहत दिएको जिल्ला बन कार्यालय डोटीका जिल्ला बन अधिकृत बद्रिकुमार कार्कीले जानकारी दिए ।

पिडित नागरिकलाई डोटीका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले राहत स्वरुपको रकम हस्तान्तरण गरेका थिए । बन्यजन्तुको आक्रमणबाट घाईते भएमा बढीमा १ लाख सम्मको उपचार सहयोग र मृत्यु भएमा १० लाख सम्म राहत उपलब्ध गराउने बन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिकामा उल्लेख गरिएको छ ।

नेपाल सरकारबाट संरक्षित बन्यजन्तुको सूचीमा रहेका बन्यन्तुका कारणले कृषकको बालिनालीमा क्षती भएमा पनी राहत दिने ब्यबस्था रहेको छ । राहत पाउने ब्यबस्थाका बारेमा जानकारी नहुँदा बन्यजन्तुबाट पिडित हुँदा पनि किसानले राहत पाउन नसकेको जिल्ला बन कार्यालय डोटीले बताएको छ ।

आर्थिक बर्ष ०७१-०७२ देखी हालसम्म जिल्ला बन कार्यालय डोटी मार्फत १० जना बन्यजन्तु पिडित परिवारलाई राहत बितरण गरिएको जिल्ला बन कार्यालय डोटीले जानकारी दिएको छ । डोटी जिल्लाका अधिकांस स्थानमा बदेँल आतंक रहेको जिल्ला बन अधिकृत बद्रीकुमार कार्कीले जानकारी दिनु भएको छ ।

जिल्ला बन कार्यालय डोटीले गरेको प्रारम्भीक सर्बेक्षणमा जिल्लामा १५ सय भन्दा धेरै बदेँल रहेको हुन सक्ने अनुमान गरेको छ । जिल्लाका अधिकांस कृषकले बदेँलका कारण भएको क्षतीको बिषयमा कुरा उठाउने गरेको जिल्ला बन अधिकृत कार्कीले बताउनु भएको छ । बदेँलका कारणले किसानको बालिनालीमा ठुलो असर परेको छ ।
जिल्लाभरका किसानले बदेँलका कारण बर्सेनी क्षती ब्यहोरर्ने गरे पनि राहतका लागी जिल्ला बन कार्यालय डोटीमा निबेदन दिने गरेका छैनन् । क्षती भएको बालिको क्षेत्रफल हेरेर बढीमा १० हजारसम्म राहत दिने ब्यबस्था रहेको छ ।

प्रकाशित ३० भदौ २०७४, शुक्रबार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *