नारी साहित्य सम्मान स्थापना

समताखबर
  २ आश्विन २०७४, सोमबार ०७:२६

काठमाडौँ । पछिल्लो पुस्ताका सशक्त नारी स्रष्टा पुष्पा खनालले आफ्नो स्व आमाको स्मृतिमा ‘दमन्ता खनाल स्मृति नारी साहित्य सम्मान’ स्थापना गरेकी छिन् ।

सामाजिक चिन्तन र आध्यात्मिकतालाई भावभूमि बनाई साहित्यिक रचना गर्ने मोफसलका नारी स्रष्टालाई सो सम्मान प्रदान गरिने स्रष्टा खनालले जानकारी दिएकी हुन् । विसं २०७५ देखि प्रदान गरिने सम्मानको राशि १० हजार एक सय ११ सहित सम्मानपत्र रहेको छ ।

नेपाल स्रष्टा समाजको कोषाध्यक्ष तथा नेपाल रेडक्रश सोसाइटीका सञ्चारविज्ञ पदमा कार्यरत स्रष्टा खनालले आमाको प्रेरणाले साहित्यमा कलम चलाउन उत्प्रेरणा मिलेकाले आफूले सो सम्मान स्थापना गरेको जानकारी दिईन् ।

गीतकार खनालको गीतिसंग्रहसमेत प्रकाशित छ ।समाजको १०औँ वार्षिक साधारणसभा तथा विशेष साहित्यिक कार्यक्रममा सो सम्मानको घोषणा गरेको होे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले स्रष्टाले स्रष्टालाई नै सम्मान गर्ने कामको थालनी गरी स्रष्टा खनालले उत्कृष्ट कार्यको थालनी गरेकामा खुशी व्यक्त गरे ।

स्रष्टा खनालकी आमा दमन्ता खनालको गत माघ २६ गते ८१ वर्षको उमेरमा मृत्यु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *