
फाईल फोटो
डोटीको शिखर नगरपालिका १० बनलेकस्थित श्री शिद्धेश्वर माध्यमिक बिद्यालयका छात्राहरु महिनावारी भएका बेला पनि बिद्यालय जान थालेका छन् । पटक पटक श्री शिद्धेश्वर माध्यमिक बिद्यालयका छात्राहरु काम्न थालेपछि छाउ भएका बेला छात्राहरु बिद्यालय आउने हुदा छात्राहरु काप्ने गरेको बताईएपनि अहिले छात्राहरु बिद्यालय नियमित रुपमा आउने गरेको बिद्यालयका प्र.अ.महेश कुमार भट्टले बताए ।
बर्षेनी छात्राहरु कक्षा कोठामै पठन पाठन भईरहेका बेला एक्कासी काम्ने,चिच्चाउने जस्ता अनौठो क्रियाकलाप गर्दै मुर्छित हुने गरेको र हाल त्यस्तो घटना नदोहोरिएको प्र.अ.भट्टले जानकारी दिए । उक्त विद्यालय क्षेत्र नजिकै मसानी देवताको मन्दिर रहेको र देवताको छलकै कारण बिद्यालय हाताभित्र छाउछुत गर्न नहुने र गरे अनिष्ट हुने स्थानीय बासिन्दाहरुको अन्धबिश्वास रहदै आएको छ ।
अहिले भने स्थानिय बासिन्दाहरुमा अन्धबिश्वास हटेको छ । छात्राहरु नियमित बिद्यालय आउने गरेको बिद्यालयको हाजिरी रजिष्टर्डले देखाएको छ । छात्राहरुको नियमितताले महिनाबारीको समयमा पनि उनीहरु बिद्यालयमा आउने पुष्टी गरेको शिक्षकहरु बताउछन् ।
“सामाजिक मान्यताका कारण विद्यालयमा छात्राहरु मात्र नभई शिक्षिकाहरु पनि महिनाबारीको समयमा नआउने गरेको र तर अहिले समाजका गतल मान्यताहरुलाई हटाउनु पर्छ भन्ने बुझेर आफु स्वंम महिनाबारी भएको समयमा विद्यालय आउने गरेको सामुदायिक विकास केन्द्रको सहयोगमा संचालन भएको सम्भव कार्यक्रम सिनियर योङ्ग च्याम्पिएन (स्वयमसेवक) बिमला बलायरले बताईन् ।
उक्त बिद्यालय र समुदायलाई लक्षित गरि सम्भव कार्यक्रमले नियमित रुपमा महिनावारी (छाउपडी), प्रजनन् स्वास्थ्य, बाल शिक्षा र अधिकार लगायतका जिवन उपयोगी सिप सम्बन्धी कार्यक्रम संचालन गर्दै आईरहेको कार्यक्रम संयोजक शतिस गुरुङ्गले जानकारी दिए ।
प्रकाशित ३ असोज २०७४, मंगलबार
Leave a Reply