पर्सा । पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको समूह विजयी भएको छ ।
अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भएका छन् ।
अन्सारीले आप्mना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिनुभयो ।
अन्सारीले चार सय ९० र दर्जीले तीन सय ५ मत हासिल गरेको छ । पटेर्वासुगौली गाउँपालिका वडा नं २ को मतगणना बिहान १० बजेदेखि शुरु भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।
वीरगञ्ज महानगपालिकाको मतगणना बिहान ११:३० बजेदेखि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुरु गर्ने सर्वदलीय सहमति भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बत्तीस वटा वडा रहको महानगरपालिकाका १ र ३२, २ र ३१ गरी वडाका मत गन्ती गरिने दलबीच सहमति भएको छ ।
Leave a Reply